माघ २६ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले विविध भाषासंस्कृतिको सरंक्षण तथा सम्बर्धनगर्न महानगरपालिका लागि परेको बताउनुभएको छ ।

विराटनगर १२ बखरीस्थित विराट राजवंशी सांस्कृतिक पुस्तकालयको चौथो वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मेयर कोईरालाले महानगरपालिकाभित्र विविध भाषासंस्कृतिका समुदायहरुको बसोबास रहेकोमा ति मध्ये केहि समुदाय विकास क्रममा पछि परेको बताउनुभयो ।

उहाँले विराट राजवंशी सहितका पछि परेका विविध समुदायको सांस्कृतिक सम्र्बधन र संरक्षणगर्न महानगरपालिकाले बिशेष कार्यक्रमहरु संचालन गर्ने गरेको बताउनुभयो । विराट राजवंशी सांस्कृतिक पुस्तकालयका अध्यक्ष कुशेश्वर राजवंशीले विराट राजवंशी समुदायको भाषा,कला,संस्कृति संरक्षण तथा शिक्षा सम्बद्र्धनको उद्देश्य सहित पुस्तकालय स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रमकाबिच अध्यक्ष राजवंशीले पुस्तकालयको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो । सो अवसरमा बोल्नुहूँदै राजवंशी समाज विकास समितिका मोरङ जिल्ला अध्यक्ष रमेश राजवंशीले सामुदायिक पुस्तकालय निर्माणहुनु खुशीको कुरा भएको बताउनुहुँदै पुस्तकालयलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रमकाबिच पुस्तकालयका सहसचिव श्रवण राजवंशीले संस्थाको वार्षिक आयब्यय प्रस्तुत गर्नुभयो । २०७७ मंसिर २० गते विधिवत दर्ता भएको पुस्तकालयको पौने १३ धुर जग्गामा आफ्नै भवन निर्माणाधिन छ । कार्यक्रममा यादव समाज का अध्यक्ष शोभितलाल यादव,जग्गा दाता रामआशिष महतो र नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणिकुमार अज्र्याल लगायतले शुभकामना मनतब्य राख्नुभयो ।

सो अवसरमा विराट राजवंशी भाषाको सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खबरहरु