कटहरी २० । माेरङकाे कटहरी ३ मा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियाेगिताकाे दाेश्राे दिनकाे खेलमा मिल्स क्रिकेट क्लबले जित हात पारेकाे छ ।
मिल्सले विराटनगर क्रिकेट क्लबलाई ८ रनले पराजितगर्दै जित निकालेकाे हाे । विराटनगरले टस जितेर बलिङ राेजेपछि ब्याटिङगर्न मैदानमा उत्रिएकाे मिल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएकाे थियाे ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रनमा सिमित भएपछि मिल्सले जित निकालेकाे हाे ।साे खेलमा सन्ताेष चाैधरी प्लेयर अफ दी म्याच घाेषित भएका छन ।
माघ १९ बाट शुरु भएकाे प्रतियोगितामा माेरङ,सुनसरीका ८ वटा टिम सहभागी छन । प्रतियोगिताकाे माघ २६ गते हुने अन्तिम प्रतिस्पर्धाका उपाधि विजेताले नगद ४१ हजार सहित,ट्रफी र मेडल हासिल गर्ने जनाईएकाे छ ।
कटहरी ३ नम्बर वडा कार्यालयले चाैथाे संस्करणकाे प्रतियोगिता आयाेजना गरेकाे हाे ।