विराटनगर १९ माघ । नेपाल क्षयरोग निवारण संस्था मोरङको सभापतिमा घनश्याम राठी निर्वाचित हुनु भएको छ ।
सो संस्थाको विराटनगरमा शनिवार सम्पन्न भएको ५४ औं जिल्ला सभाबाट विराटनगर ९ का राठी सर्वसम्मत निर्वाचित हुनु भएको हो । राठी यसअघिको कार्यसमितिका उपसभापति हुनुहुन्थ्यो । उहाँसंगै ११ सदस्यिय नयाँ कार्यसमिति समेत सर्वसम्मत भएको निर्वाचन अधिकृत गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाको उपाध्यक्षमा भैरव क्षेत्री सचिवमा भविषकुमार श्रेष्ठ,कोषाध्यक्षमा गोपाल प्रसाद गुप्ता र साहायक सचिवमा सपना रिजाल निर्वाचित हुनु भएको छ । यसैगरि ६ जना सदस्यहरुमा सुभाषकुमार अमात्य,कुमार निरौला,डिल्ली आचार्य,टिकाराज ढकाल,डा.मिनाक्षी नेपाल र श्यामकुमार श्रेष्ठ हुनुहुन्छ । निर्वाचित कार्यसमितिको कार्यकाल २ बर्षको हुने निर्वतमान सभापति शिवनारायण प्रधानले जानकारी दिनुभयो ।
जिल्ला सभाकै अवसरमा संस्थामा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुने कर्मचारीहरुमा एक्सरे टेक्निशियन अशोक यादव,क्षयरोग निवारण संस्थाका उर्लाबारी उपकेन्द्र संयोजक तीर्थ निरौला,सवारी चालक मनोज चौधरी र कुचिकार महेश मरिक डोम हुनुहुन्छ ।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय महासचिव राजन श्रेष्ठ सहित निर्वतमान सभापति प्रधानले नगद,प्रमाणपत्र र दोसल्ला सहित पुरस्कार सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रममा क्षयरोग विज्ञ डाक्टर नारायण कुमार सहित संस्थाका पदाधिकारी आमन्त्रित अतिथिहरुको सहभागिता थियो ।