विराटनगर ४ माघ । नेपाल नेत्र ज्योति संघले विराटनगरमा कान उपचार सम्बन्धि बृहत कार्यशाला आयोजना गरेको छ ।

विराटनगर आँखा अस्पताल परिसरमा कार्यशाला आयोजना गरिएको हो । कार्यशालाको कोशी प्रदेशका स्वास्थय मन्त्री भुपेन्द्र राईले उद्घाटन गर्नुभयो । ‘कान अनुकुलन हेरचाह अभ्यास,अन्तरदृष्टि र आगामी मार्गचित्र’ शिर्षकमा कार्यशाला आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्नुहुँदै विराटनगर आँखा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर ललित अग्रवालले कान मानव शरिरको महत्वपुर्ण अंग रहेपनि त्यसको हेरचाह र उपचारको बिषयलाई गम्भिरतापुर्वक नलिने परिपाटि रहेको बताउनुभयो । उहाँले कार्यशालामा कान उपचारको क्षेत्रमा भएका पछिल्ला चिकित्सकिय उपलब्धि र प्रगतिका बिषयमा ब्यापक छलफल गरिने जानकारी दिनुभयो ।

कार्यशालामा ईम्प्याक्ट नेपालका अध्यक्ष प्रोफेसर डाक्टर राकेश श्रीवास्तवले नेपालमा कान उपचारको ईतिहास समेटेर कार्यपत्र प्रस्तुत गर्नुभयो । यस्तै डा.रबिन आचार्य,डा.बिजय चौधरी,डा.श्लेष्मा रिजाल,डा.मिलन मर्हजन,डा.रिषि भट्ट,डा.विपिन कोईराला,डा.दिपेश शाक्य,डा.अनिल चौधरी,डा.अरुण केसी लगायतले आ–आफ्ना प्रस्तुति राख्नुभयो । सो अवसरमा बोल्नुहुँदै स्वास्थ्य मन्त्री राईले कान मानव शरिरको छाँयामा परेको अंग रहेको बताउनुभयो ।

उहाँले समाजमा कानका रोगीको संख्या धेरै रहेपनि उपचारमा ध्यान नदिने गरेको पाईएको बताउनुभयो । मन्त्री राईले कोशी प्रदेशभरी कान रोगबारे जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताउनुहुँदै कानरोगको रोकथाम र उपचार सहज बनाउन प्रदेश सरकारले अस्पतालसंग समन्वय गरेर अघि बढन तयार रहेको स्पष्ट पार्नुभयो । विराटनगर आँखा अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष पदमनारायण चौधरीले आँखाको रोगलाई न्यूनिकरण गरेजस्तै अस्पतालले कानको उपचारलाई जनजनसम्म पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।

कार्यशालामा रानी आँखा अस्पताल,लुम्बिनी आँखा अस्पताल,नोबेल अस्पताल,विराट मेडिकल कलेज र सिरहा बहिरा संघ लगायतबाट कान रोग विशेषज्ञ चिकित्सक र प्राबिधिक सहित सम्बद्ध ७० जनाको सहभागिता रहेको विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिनुभयो ।

कार्यक्रममा सगरमाथा आँखा अस्पताल लहानका अध्यक्ष रविन्द्रलाल चौधरी र लहान आई केयरका प्रशासक सुधिर ठाकुर लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु