विराटनगर २० पुष । प्याब्सन मोरङ जिल्ला कार्यसमितिको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित हुनु भएको छ ।

पुष १९ गते विराटनगरमा सम्पन्न भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन,नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति मोरङको १६ ओैं जिल्ला अधिवेशनको क्रममा भएको निर्वाचनबाट बस्नेत नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचनमा बस्नेतले ११० मत हासिल गर्दै निर्वाचित हुनु भएको छ भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धि सुरेन्द्र सुवेदीले ९३ मत हासिल गर्नुभयो । यसैगरि उपाध्यक्षमा मोहन बुढाथोकी निर्वाचित हुनु भएको छ । बुढाथोकीले १०६ मत हासिल गर्नुभयो भने उहाँका प्रतिस्पर्धि उपेन्द्र कंडेलले ९६ मत हासिल गर्नुभयो ।

उपाध्यक्षमा १०४ मत हासिलगर्दै बिष्णु डंगोल निर्वाचित हुनुभएको छ । सोहि पदका अर्का प्रतिस्पर्धि भुपाल बस्नेतले ९९ मत हासिल गर्नुभयो । प्याब्सन मोरङको सचिवमा १०६ मत हासिलगर्दै देवी सिटौला निर्वाचित हुनुभयो । उक्त पदका अर्का प्रतिस्पर्धि विकर्ण कार्कीले ९७ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्ष पदका दुई प्रतिस्पर्धिले समान मत हासिल गरेका छन । उक्त पदका प्रत्याशी मणिराज भट्टराई र नगेन्द्र प्रसाद ढकाल (विवेक) ले समान १०१ मत हासिल गर्नुभयो । समान मत प्राप्त भएपछि गरिएको गोला प्रथाबाट सो पदमा मणिराज भट्टराई बिजयी हुनुभएको जनाईएको छ ।

यसैगरि १०९ मत हासिलगर्दै दिपेन्द्र राई सहसचिवमा निर्वाचित हुनुभयो । उहाँक प्रतिस्पर्धि मनोज रेग्मीले ९२ मत प्राप्त गर्नुभयो । सह कोषाध्यक्षमा १२२ मत हासिलगर्दै केदार पौडेल निर्वाचित हुनुभएको छ भने सोहि पदमा जितेन्द्रकुमार दासले ८० मत प्राप्त गर्नुभयो ।

यसैगरि ५ जना खुल्ला सदस्यमा महेन्द्र मण्डलले १०६, नन्दलाल मण्डलले ११६, तेजबहादुर खत्रिले १०१, रुद्र थापाले ११३ र इन्द्र कुमार राईले १२९ मत हासिलगर्दै निर्वाचित हुनुभयो । सदस्य पदको भुगोल विराटनगरतर्फ ११६ मत हासिलगर्दै हिराबहादुर मगर र ९८ मत हासिलगर्दै सुन्दर हरैंचा भुगोलतर्फ तिलक राई बिजयी हुनुभएको छ ।

यसैगरि महाधिवेशन प्रतिनिधितर्फ ९ जना मध्ये दुर्गा प्रसाद घिमिरे ११४ मत,नवराज दवाडी १३९,चण्डी प्रसाद रेग्मी १५०,दिनेश पोखरेल १२२,सुभाष पौडेल ११३,गोबिन्द बहादुर कार्की ११६,सुरेन्द्र लिम्बु १२४,नोबल किशोर खनाल ११८ र निरुप ढकालले ११३ मत प्राप्तगरि बिजयी हुनुभयो ।

प्याब्सन मोरङको निर्वाचनकालागि अधिवक्ता सुरेशलाल श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको थियो । तीन सदस्यिय निर्वाचन समितिमा डा.उद्धव पोखरेल र राजेश आचार्यले निर्वाचन अधिकृतको भुमिका निर्वाह गर्नुभयो ।

प्याब्सन मोरङमा २१० जना मतदाता रहेकोमा २०६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु