विराटनगर । मैथिलानी महिला अभियन्ताहरुले भाषा संस्कृतिको विकासमा महिलाहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन ।
एक सय बढी महिलाहरुलाई समेटेर विराटनगरस्थित कर्ण गोष्ठी महिला समुहले आयोजना गरेको वनभोज तथा सम्मान कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन । कर्ण गोष्ठीले पुष १३ गते कटहरीस्थित गोपाल फन पार्कमा वनभोज तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा अधिकांशरुपमा गृहिणी महिलाहरु सहभागि भएका थिए । कार्यक्रमकाबिच नृत्य प्रतियोगिताका साथै बृक्षारोपण कार्यक्रममा सहभागि भएका महिलाहरुलाई प्रशंसा तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सो अवसरमा कर्ण गोष्ठीले आयोजना गरेको बृक्षारोपण कार्यक्रमका सहभागि ३२ जनालाई सम्मान गरिएको थियो ।
उनिहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो भने अन्तराष्ट्रिय झिझिया प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल निरु कर्णलाई ट्रफी तथा सम्मान पत्र सहित सम्मान गरिएको छ । सो अवसरमा बोल्नुहुँदै आयोजक संस्थाकी अध्यक्ष प्रमिला कर्णले मैथिली भाषा संस्कृतिको संरक्षणमा महिलाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
उहाँले महिलाहरुले आफ्नो घरमा मातृभाषाको प्रयोग गर्नुपर्ने जोड समेत दिनुभयो । कार्यक्रम संयोजक निलु कर्णले महिला सशक्तीकरणको उद्धेश्य सहित समुहले बर्षेनी वनभोज सहितका विविध कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिनुभयो । उहाँले भाषा संस्कृतिको संरक्षण तथा सम्र्बधनका निम्ति समेत समुहले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा समुहका उपाध्यक्ष आभा दास सहित समुह आबद्ध अन्य पदाधिकारी तथा मैथिलानी महिलाहरुको सहभागिता थियो । कार्यक्रममा सहभागि महिलाले वनभोज खानुका साथै नाचगान गरेर मनोरंजन समेत गरेका थिए ।