सुनबर्षी ५ पुष । राजबंसि समाज बिकास समितिले ३१ ओैं स्थापना दिवस मनाएको छ ।
झापमा केन्द्रीय कार्यालय रहेको सो संस्थाले सुनबर्षी नगरपालिका ९ स्थित भेरुवा थानमा विविध कार्यक्रम आयोजनागर्दै स्थापना दिवस मनाएको हो । संस्थाको स्थापना दिवस बिशेष कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्नुभयो ।
कार्यक्रमकाबिच समाजका विविध क्षेत्रमा योगदानदिने पाँचजनालाई सम्मान गरिएको थियो । सो अवसरमा राजवंशी समुदायबाट अंग्रेजीमा पिएचडी गर्ने एन एल राजबंशि, थाईल्याण्डमा हालै सम्पन्न भएको प्रतियोगितामा मिस हैरिटेज बन्न सफल मनिषा राजवंशी,संचारकर्मीद्वय दिपिका राजवंशी र अनिल राजबंसि सहित भारतका शिक्षासेवी डा दिपक रायलाई सम्मान गरिएको थियो ।
उहाँहरुलाई मुख्यमन्त्री कार्की र संस्थाका अध्यक्ष सुवन्त कुमार राजबंसिले दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गर्नुभयो । सो अवसरमा बोल्नुहुदै मुख्यमन्त्री कार्कीले विविध जातजातिको भाषासंस्कृतिको प्रदेशको सम्पति रहेको बताउनुभयो । उहाँले राजबंसि संस्कृति संरक्षणगर्न प्रदेसस्तरीय संग्रहालय निर्माणमा प्रदेश सरकारले सहयोगगर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
सो अवसरमा सहभागि स्थानीय कलाकारले कोच राजबंसि समुदायको मौलिक पारम्परिक नृत्यहरु कुसान नाच,ग्वालिनी नृत्य र हुदुम लगायतका गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा भारतको आसाम तथा बंगालबाट आएका कलाकार तथा प्रतिनिधिले समेत सहभागिता जनाएका छन ।
सो अवसरमा बोल्ने पुर्व गृहराज्यमन्त्री भीमराज राजवंसि लगायतका अगुवाहरुले राजबंसि संग्रहालय स्थापना गर्नुका साथै राजबंसि भाषा संस्कृतिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका थिए । आदिवासी जनजातिमा सुचिकृत कोच राजबंशि समुदायका महिलाले पोशाककोरुपमा पेटानी र पुरुषले धोतीकुर्ता लगाउछन ।
विराटनगर महानगरपालिकामा कोच राजबंशि समुदायको १० हजार र मोरङमा यो समुदायको ९५ हजार जनसंख्या रहेको आयोजक समितिका महासचिव चन्द्रप्रसाद राजबंसिले जानकारी दिनुभयो ।