विराटनगर । पुस १ गते, लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले विराटनगर २ स्थित श्रीशंकरपुर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कुलव्याग वितरण गरेका छन् ।

जाडोको मौसममा विद्यार्थीहरुलाई न्यानो कपडा बाड्ने लक्ष्य राखेर क्लवका अध्यक्ष अनिल शर्मा चौधरीले विद्यालयका प्रधानाध्यापक दुर्गा पोख्रेललाई सम्पर्क गरेका थिए । तर प्रधानाध्यापक पोख्रेलले विद्यार्थीहरुसंग स्वेटर भए पनि धेरै विद्यार्थीहरुसंग स्कुलब्याग नभएको बताएका थिए ।

कमजोर आय भएका अभिभावकहरुले छोराछोरीकालागि ब्याग खरिद गर्न सक्ने अवस्था नरहेको पाईएकाले न्यानो कपडाको साटो विद्यार्थीको आवश्यकता अनुसारको स्कुल व्याग वितरण गरिएको अध्यक्ष चौधरीले बताए ।

क्लवले सोमवार विद्यालय परिसरमा नै औपचारिक कार्यक्रम गरेर स्कुलव्याग, पेन्सिल, ईरेजर लगायतका स्टेसनरी हस्तान्तरण गरेको छ । भविष्यमा विद्यालयमा थप सहयोग जारी राख्ने क्लवका संस्थापक अध्यक्ष तथा लायन्स अन्तर्राष्ट्रिय ३२५ सि का डायवेटिज चिप डा. बालकृष्ण साहले बताए ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ सि का एरिया ६ का चिफ खेमराज नेपाल, एरिया कोर्डिनेटर सुधन पौडेल, रिजन चियरपर्सन एकता थापा, जोन चियरपर्सन डा. सुनिल रेग्मी, क्लबका सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु