विराटनगर ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिकबर्ष २०८०÷८१ मा साढे ५९ लाख बढी खुद बचत गरेको छ ।

सो सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधारण सभाका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रगति वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद खनालले सो अवधिमा संस्थाले ५९ लाख ५२ हजार २ सय ३१ रुपैया खुद बचत गरेको बताउनुभयो । उहाँले सो अवधिमा शेयर सदस्यहरुलाई १३ प्रतिशत बोनस शेयर प्रदान गरिएको बताउनुहुँदै प्राप्त शेयर लाभांसलाई शेयर रकममा परिणतगर्ने प्रस्ताव समेत पेश गर्नुभयो ।

अध्यक्ष खनालले आर्थिकबर्ष २०८०÷८१ मा नाफा र कार्य संचालनबाट सहकारीले नेपाल सरकारलाई आयकर र ब्याजकर समेतगरि २२ लाख ८० हजार ६ सय बढी रकम राजश्व वापत बुझाएको जानकारी दिनुभयो । संस्थाका लेखा समिति संयोजक अविनाश कुमार निधिले २०८१ असार मसान्तसम्म संस्थाको शेयर पुँजी २ करोड ५० लाख ४८ हजार ९ सय रुपैया रहेको बताउनुभयो ।

उहाँले संस्थाको निक्षेप बचत ११ करोड १५ लाख ५० हजार रहेको बताउनुहुँदै ऋण लगानी भने ११ करोड ६ लाख ५० हजार बढी रहेको रहेको जानकारी दिनुभयो । साधारण सभाकाबिच सो सहकारीले ६५ बर्ष माथिका १३ जना सदस्यलाई नगद सहित सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले उहाँहरुलाई सम्मान गर्नुभयो ।

यसैगरि असल ऋणि दुईजना,एसईई र प्लसटुमा उतीर्ण गर्न सफल शेयर सदस्यका छोराछोरि ४ जना र म्यूजिकल चेयरका बिजेता ३ जनालाई समेत सम्मान गरिएको संस्थाका ब्यवस्थापक अमित रेग्मीले जानकारी दिनुभयो ।

सो अवसरमा संस्थाका कर्मचारी रबिना दाहाललाई सर्वोत्कृष्ट कर्मचारीकारुपमा पुरस्कृत गरिएको थियो ।

सम्बन्धित खबरहरु