विराटनगर १४ मंसिर । मैथिली एसोसिएशनले प्रदानगर्ने भनिएको सम्मान विराटनगरका दुई सञ्चारकर्मीले बहिष्कार गरेका छन ।

विराटनगरका सञ्चारकर्मीद्वय श्यामसुन्दर सुतिहार र हुसैन शेखले आफुहरुको नाममा एसोसिएशनले घोषणा गरेको ‘गेस्ट अफ अनर’को सम्मान बहिष्कार गरेका हुन । सम्मान प्रदायक संस्थाले अवार्डकालागि छनौट गरेका ब्यक्तीहरुसंग ‘स्पोन्सरसिप’ शिर्षकमा रकम उठाएको बिषय सार्वजनिक भएकाले आफु सो संस्थाले दिन लागेको सम्मान नलिने निष्र्कसमा पुगेको पत्रकार सुतिहारले बताउनुभयो ।

आयोजक संस्थाले अवार्ड र सम्मान वितरणको गरिमा विपरितको कार्य गरेकाले सम्मान बहिष्कार गरेको उहाँले बताउनुभयो । पत्रकार सुतिहारले सामाजिक संजालमा स्टाटस लेख्दै आफुले सम्मान नलिने कुरा उक्त संस्थाले मंसिर १२ गते आयोजना गरेको पत्रकार सम्मेलनमैं घोषणा गरेको भएपनि आयोजक एसोसिएशनले आफ्नो नाम सहितको सुचि प्रकाशित गरेकोमा आफ्नो गम्भिर असहमति रहेको उल्लेख गर्नुभएको छ ।

विराटनगरकै अर्का पत्रकार हुसैन शेखले समेत सम्मान बहिष्कार गर्नुभएको छ । उहाँले समेत सामाजिक संजालमा स्टाटस लेख्दै सो बिषयमा जानकारी गराउनुभएको छ । शेखले लेखेको स्टाट्समा अर्वाडका लागि छनौट भएका ब्यक्तीहरुसंग रकम संकलन गरेको आरोपहरु आईरहेकाले त्यस्तो कार्यमा आफ्नो असहमित रहेको भन्दै सम्मान नलिने घोषणा गर्नुभएको छ । पत्रकार हुसैनले संस्थाले सार्वजनिक गरेको सम्मानको सुचिबाट आफ्नो नाम हटाउन समेत आग्रह गर्नुभएको छ ।

यसैबिच सो बिषयमा प्रतिक्रिया दिनुहुँदै एसोसिएशनका सूचना अधिकारी राकेश रोसन यादवले सम्मान र अवार्ड क–कसलाई दिन लागिएको हो भन्ने बिषयमा आफु पुर्ण जानकार नरहेको दाबी गर्नुभयो ।

मैथिली एसोसिएशन नेपालले मान ईन्टरनेशल अवार्ड–२०२४ शिर्षकमा मंसिर १५ गते विराटनगरको स्वागतम होटलमा कार्यक्रमगरि ६० जनालाई अवार्ड र थप ३ दर्जनलाई सम्मान समर्पण गर्ने घोषणा गरेको छ । सो बिषयलाई लिएर पत्रकार तथा मैथिली अभियन्ता सम्बद्ध चार संस्थाले मंसिर ११ गते प्रेस विज्ञप्ति जारी गरि अवार्ड तथा सम्मानको ब्यापारीकरण भएको भन्दै विरोध जनाई सकेका छन । सम्मान बहिष्कार गर्ने दुई पत्रकार सुतिहार र शेखले समेत उक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।

आयोजक संस्थाले सम्मान दिन लागिएकाको विवरण सार्वजनिक गरेको भएपनि यो समाचार तयार पर्दासम्म विवादित भएको ‘मान ईन्टरनेशल अवार्ड–२०२४’ पाउने ब्यक्तीहरुको विवरण सहितको अन्तिम सुचि सार्वजनिक गरेको छैन ।

सम्बन्धित खबरहरु