विराटनगर । सिंगो विश्वलाई शान्तिको सन्देश दिने इस्लाम धर्मका अंतिम पैगम्बर हजरत मोहम्मद सल्लाहु अलैइहे वसल्लमको जन्म दिवस मनाइएको छ ।

सो अवसरमा विराटनगरमा धार्मिक झांकीसहित जुलुसे मोहम्मदी निकालिएको छ । पैगम्बर हजरत मोहम्मदको जन्म दिवसलाई मुस्लिम समुदायले ईद मिलादुन्नबी पर्वकोरुपमा मनाउने गरेका छन । पर्वको अवसरमा निकालिने धार्मिक ¥यालीलाई जुलुसे मोहम्मदी भनिन्छ । सो अवसरमा विराटनगर महानगरपालिकाका विभिन्न वडाहरुमा रहेका मस्जिद र मदरसाहरुबाट ¥याली निकालिएको छ ।

सो क्रममा विराटनगर–९ स्थित जामा मस्जिद तथा अंजुमन ईस्लामियाको आयोजनामा समेत जुलुस निकालिएको हो । मस्थिद परिसरबाट निकालिएको -यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै फेरी बुधहाट चोमा रहेको मस्जिद परिसरमा पुगेर समापन भएको थियो ।

अरब राष्ट्रको मक्का शहरमा ५७१ ईस्वी मा पैगम्बर साहब हजरत मोहम्मदको जन्म भएको विश्वास गरिन्छ । हजरत मोहम्मद सल्लाहुले नै इस्लाम धर्मको स्थापना गर्नुभएको हो । उहांलाई इस्लाम धर्मको अन्तिम नबी अर्थात दुतका रुपमा लिईन्छ । इस्लाम धर्म अनुसार उहांपछि कायामत अर्थात संसारको अन्तिम दिनसम्म कुनैपनि दुत नआउने विश्वास गरिन्छ ।

मोहम्मद सल्लाहुले मानिसलाई एक ईश्वरवादको शिक्षा दिनुभएको विश्वास गरिन्छ । यस्तै उहांले अल्लाहको प्रार्थना गर्ने बिषयमा जोड दिनुभएको र मानिसलाई पवित्र रहने नियमहरु बनाउनुभएको मानिन्छ । अल्लाहको पवित्र संदेश अनुयायीसम्म पु¥याउन उहांको भुमिका प्रमुख मानिन्छ ।

पवित्र संदेश को प्रचार–प्रसार गरेको बिषयलाई लिएर तत्कालीन धार्मिक र सामाजिक व्यवस्थापकहरुले उहांको बिरोध समेत गरेका थिए । ६३२ ईस्वीमा हजरत मोहम्मद सल्लाहुले धर्ती त्याग गर्दै विदा लिनुभएको थियो ।

आज सिंगो विश्वका ईस्लाम धर्मावलम्बीहरुले हजरत मोहम्मदले मार्गदर्शन गर्नुभएको बाटोेलाई अनुकरण गरेका छन र उहांको जन्म दिवसलाई ईद मिलादुन्नबी पर्वकोरुपमा मनाउने गर्दछन ।

सम्बन्धित खबरहरु