विराटनगर । हाउस लिफ्टिङ भनिने प्रबिधिबाट सामान्य फलामको बिम प्रयोगगरि होंचो स्थानमा रहेका घरहरुलाई उचालेर नयाँ जगको निर्माणगरि उँचाई बढाउन सकिन्छ ।

विराटनगरको बसपार्क नजिकै रहेको एक ब्यक्तीको साढे २ तल्ले घरलाई मजदुरहरुले लिफ्टिङ प्रबिधिको प्रयोगगरि उचाल्ने काम गरिरहेका छन । घर अघिल्लतिर राजमार्ग निर्माण भएपछि यो घर सडकभन्दा निकै गहिराईमा परेको थियो । जसका कारण बर्षातको बेला घर कोठामैं पानी प्रवेश गर्ने र जम्ने अवस्था थियो । उक्त समस्याको समाधान गर्न घरधनिले लिफ्टििङ प्रबिधिको प्रयोग गरिरहेका छन ।

यो प्रबिधिबाट घरको जगको उँचाई साबिकभन्दा ४ फिट अग्लायाउनेगरि एक भारतीय कम्पनीलाई जिम्मा दिईएको छ । भारत बिहारको सहरसामा रहेको एल बि एल हाउस लिफ्टिङ कम्पनीका प्राबिधिक र मजदुरहरुले यो घरको उँचाई बढाउने काम गरिरहेका छन । त्यसकालागि कम्पनीका प्राबिधिकहरुले सामान्य फलामको बिम प्रयोग गरिरहेका छन । सवारीसाधनको टायर पम्चर हुँदा प्रयोग गरिने फलामको बिम अर्थात जग प्रयोग गरेर यो अढाईतल्ले घर उचाल्ने काम हुँदैछ ।

भत्काएर नयाँ घर निर्माणमा लाग्ने खर्चको २५ प्रतिशत खर्चमा पुरानो घरलाई हाउस लिफ्टिङ गर्न सकिने निर्माण कम्पनीका ईन्जीनियर लालचन्द गुप्ताको भनाई छ । यो प्रबिधि भरपर्दो रहेको दाबी गर्दै उनले बितेको केहि बर्षमा आफुहरुको कम्पनीले यहि प्रबिधि प्रयोग गरेर काठमाण्डौ,जनकपुर,बिरगंज तथा विराटनगर समेत गरेर १ सय ५० बढी घरहरुको उँचाई बढाई सकेको जानकारी दिए ।

२ महिनामा काम सक्नेगरि डेढ महिना अघिबाट यो काम शुरु गरेका प्राबिधिकहरुले फलामे बिमको प्रयोगगरि सो घर ४ फिट उचालि सकेका छन भने मुनिबाट नयाँ जगको निर्माण कार्य समेत गरिरहेका छन । १ हजार ७ सय ५० स्क्वायर फिटको सो घर उचाल्न प्राबिधिकहरुले ३ सय बढी फलामको जग प्रयोग गरेका छन भने ३५ जना दक्ष मजदुर खटिएका छन ।

आफुहरुले सुरक्षित र ग्यारेण्टी सहित घरहरु उचाल्ने काम गर्दै आएको प्राबिधिक राम भजनको भनाई छ ।
हाउस लिफ्टिङ कम्पनीले एकतले घर ४ फिटसम्म उचाल्न प्रति स्क्वायर फिट ३ सयका दरले चार्ज गर्ने गरेको छ । यस्तै दुईतले घर ६ सयरुपैया तथा ७ तले घर भए १५ सय रुपैंया स्क्वायर फिटको दरले चार्ज लाग्ने ईन्जीनियर गुप्ताले जानकारी दिएका छन । यो रकममा उनिहरुले नयाँ जगको निर्माण समेत गरिदिन्छन ।

जग निर्माणमा लाग्ने ईट्टा, सिमेन्ट,डण्डी र बालुवा लगायतका सामाग्रि भने घरधनिले नै खरीद गर्नुपर्ने हुन्छ ।

सम्बन्धित खबरहरु