विराटनगर । नेपाल ईन्जीनियर्स एशोसिएसन कोशी प्रदेशले ईन्जीनियर दिवसको अवसरमा आयोजना गरेको तिनदिने कार्यक्रम समापन गरेको छ ।

एसोशिएसनले विराटनगर तिनटोलियास्थित आफ्नै कार्यालय भवनमा एक कार्यक्रमको आयोजनागरि दिवस विशेष कार्यक्रम समापन गरेको हो । ६२ औं ईन्जीनियर दिवसको अवसरमा तिनदिने कार्यक्रम अन्र्तगत रक्तदान,फुटसल,बृद्धाश्रमका आश्रितलाई फलफुल वितरण सहित खेलकुद कार्यक्रमहरु आयोजना गरिएको नेपाल ईन्जीनियर्स एशोसिएसन कोशी प्रदेशका अध्यक्ष ईन्जीनियर जयनाथ यादवले जानकारी दिनुभयो ।

सो अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाएका तथा प्रतिस्पर्धामा विजयी भएकाहरुलाई प्रमाणपत्र सहित मेडल वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेशप्रसाद उप्रेती,बिशिष्ठ अतिथि पर्यटन,वन तथा वातावरण मन्त्री नारायण बहादुर मगर र आयोजक संस्थाका अध्यक्ष यादवले विजयीहरुलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै मन्त्री उप्रेतीले ईन्जीनियरहरु मुलुक निर्माणको मुल संवाहक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय राजनितिक क्रान्तिको उद्धेश्य पुरा भएर मुलुक निर्माणको दिसामा अघि बढेकाले ईन्जीनियरहरुले आफ्नो पेशाप्रति ईमान्दार भएर मुलुक निर्माणमा अघि बढ्न आग्रह गर्नुभयो ।

पर्यटन मन्त्री मगरले नेताहरुले राजनीतिकरुपमा मुलुकलाई अघि बढाउन सक्ने भएपनि विकास निर्माण तथा समृद्धिको दिसामा लाने मुख्य भूमिका ईन्जीनियरहरुकै रहेको बताउनुभयो । उहाँले ईन्जीनियरहरुको योगदान विना मुलुकको भौतिक विकास सम्भव नहुने भएकाले आफ्नो पेशाको गरिमालाई कायम राख्दै मुलुक निर्माणमा जुटन आग्रह गर्नुभयो ।

पूर्वाञ्चल क्याम्पस धरानका क्याम्पस प्रमुख ईन्जीनियर काजीराम कार्कीले पछिल्लो सयम सिपयुक्त अन्य जनशक्ती सहित ईन्जीनियरहरु समेत विदेश पलायन हुने प्रबृति देखिएकाले ईन्जीनियरहरुलाई मुलुकमै राख्ने अवस्थाको निर्माण गर्न राजनितिक नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल ईन्जीनियर्स एशोसिएसन कोशी प्रदेशमा १ हजार २ सय ईन्जीनियरहरु आबद्ध रहेको आयोजक संस्थाका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

नेपाल ईन्जीयिनर काउन्सिलमा ७० हजार ईन्जीनियरहरु दर्ता रहेकोमा ति मध्ये ४० प्रतिशत रोजगारको क्रममा अन्य मुलुक गएको कार्यक्रममा बताईएको थियो ।

सम्बन्धित खबरहरु