बुढीगंगा गाउाँलिका । कुष्ठ प्रभावितहरुको उपचार र जीवनस्तर उकास्न सहयोगगर्दै आएको आईडिया नेपालले कोशी प्रदेशका ५४ जना कुष्ठ प्रभावितलाई ई रिक्शा,साईकल र शैक्षिक सामाग्रि वितरण गरेको छ ।

एसोशिएसन फोर आईडिया नेपालको कोशी प्रदेश कार्यालयले कुष्ठ प्रभावित तथा आर्थिक अवस्था समेत कमजार भएकाहरुलाई ई रिक्शा,साईकल र शैक्षिक सामाग्री वितरण गरेको हो । सो संस्थाले बैशाख ४ गते बुढीगंगा गाउँपालिका १ स्थित जेसिस भवनमा एक कार्यक्रमको आयोजनागरि लक्षितबर्गलाई ती सामाग्री वितरण गरेको हो ।

कार्यक्रमकाबिच ४ जनालाई ई रिक्शा र ५० जना विद्यार्थीलाई साईकल सहित शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यार्थीहरुलाई साईकलका साथै स्कुल ब्याग १ थान,कपि २ दर्जन,पेन्सिल १ दर्जन सहित एउटा कम्पास प्रदान गरिएको छ । बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर,उपाध्यक्ष अमृता कुमारी गच्छदार,आईडियाका केन्द्रीय महासचिव जयबिन्द कुमार यादव,कोशी प्रदेश अध्यक्ष दीपक मण्डल लगायतले लक्षित बर्गलाई ति सामाग्री हस्तान्तरण गर्नुभयो ।

कुष्ठ प्रभावित हुनुका साथै न्यून आर्थिक अवस्था भएका मोरङ,सुनसरी र झापा तीन जिल्लाका ब्यक्तिहरुलाई सामाग्री उपलब्ध गराईएको आईडियाका केन्द्रीय महासचिव यादवले बताउनुभयो । उहाँले कुष्ठ रोगका कारण अपाङतावरण गरेरपनि केही गर्न चाहने तर आर्थिक अवस्था एकदमै कमजोर भएका ४ जनालाई एकएक थान ई रिक्शा उपलब्ध गराईएको बताउनुभयो ।

उहाँले दातृ निकायको आर्थिक सहयोगबाट ५० प्रतिशत अनुदान तथा ५० प्रतिशत लाभग्राहिले आफैले किस्ता तिर्नेगरि ई रिक्शा उलब्ध गराईएको बताउनुभयो । यस्तै घरबाट ३ किलोमिटर बढी विद्यालय टाढा रहेका कुष्ठ प्रभावितका छोराछारीलाई साईकल र शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा बोल्नुहुँदै बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले विभिन्न कारणले अपाङता वरण गरेकाहरुकालागि पालिकाले समेत विभिन्न कार्यक्रम संचालनगर्दै आएको बताउनुभयो । उहाँले आउदो आर्थिकबर्षमा बुढीगंगाले अपाङता वरण गरेका १५ जना महिलालाई ई रिक्शा उपलब्ध गराउने आश्वासन समेत दिनुभयो ।

बुढीगंगाका उपाध्यक्ष गच्छदारले स्थानीय सरकारले गर्नुपर्ने काममा आईडिया जस्ता संघसंस्थाहरुले सहयोग गरिरहेको बताउनुभयो । कुष्ठ प्रभावितलाई जर्मनीको संस्था नेप्रो ईभिको आर्थिक सहयोगमा सामाग्रि वितरण गरिएको आईडियाका कोशी प्रदेश प्रोजेक्ट कोअर्डिनेटर कंचन यादवले बताउनुभयो ।

कार्यक्रममा आईडियाकी वित्तिय अधिकृत प्रकृति आछामी,प्रदेश सचिव भरतलाल चौधरी सहित लाभाग्राहीहरुको सहभागिता थियो ।

सम्बन्धित खबरहरु