विराटनगर १२ बखरीमा विराट राजवंशी सांस्कृतिक पुस्तकालय भवन निर्माण हुने भएको छ ।

बखरीको राजवंशी चोक पश्चिम पुस्तकालय निर्माण हुन लागेको हो । सो ठाउँमा बुधबार भुमि पूजन तथा शिलान्यास गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुस्तकालयको भुमि पूजन तथा शिलान्यास गर्नुभयो ।

कोशी प्रदेशको पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाको बजेटबाट पुस्तकालय भवन निर्माण हुन लागेको हो । आयोजनाले भवन निर्माणकालागि २५ लाख बजेट विनियोजन गरेको आयोजना प्रमुख कुलदीप यादवले जानकारी दिनुभयो ।

पुस्तकालय भवन निर्माणको बुढी गंगा गाउँपालिकाको जीआर निर्माण सेवाले ठेक्का लिएको छ । २०८० चैत ३० गते भएको ठेक्का सम्झौता अनुसार विनियोजित बजेटबाट निर्माण कम्पनीले भुईतल्ला,पिलर र छत ढलानको काम सक्ने निर्माण कम्पनीका प्रोप्राईटर उज्वल राउतले जानकारी दिनुभयो । २०८१ जेठ मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता छ ।

सो ठाउँमा भवन निर्माणकालागि पुस्तकालय समितिले पौने ७ धुर जग्गा खरीद गरेको छ भने ६ धुर जग्गा स्थानिय समाजसेवी ईन्जीनियर रामअशिष महतोले भुमिदान गर्नुभएको छ ।

सम्बन्धित खबरहरु