विराटनगर । विराटनगर ७ स्थित काली मन्दिर ब्यवस्थापन समितिले ३ जना अग्रज समाजसेवी सहित १ सय ५० जना स्वयं सेवीहरुलाई सम्मान गरेको छ ।

समितिले शुक्रबार एक कार्यक्रमको आयोजनागरि नवनिर्मित काली प्रितय धर्मशाला निर्माण तथा ब्यवस्थापनमा सहयोग गर्ने ३ जना समाजसेवीहरुलाई सम्मान गरेको हो । समितिले समाजसेवी रामप्रसाद खतिवडा,पदमप्रसाद गौतम र बिष्णुप्रसाद कोईरालालाई सम्मान गरेको हो ।


कार्यक्रमकाबीच मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र काली मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष डाक्टर मिनाक्षी नेपालले उहाँहरुलाई सम्मान पत्र,दोसल्ला र खादामाला सहित सम्मान गर्नुभयो । सो अवसरमा १५० जना स्वयंसेवीहरुलाई समेत प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

दशैंका बेला मन्दिरमा भीड र पुजा ब्यवस्थापनमा सहयोग गर्ने स्वयं सेवीहरुलाई सोहि अवसरमा सम्मान गरिएको आयोजक संस्थाकी अध्यक्ष डा.नेपालले जानकारी दिनुभयो । कार्यक्रमकैबिच विराटनगर ६ का २ सय ३० जना विपन्न महिलाहरुलाई साडी समेत वितरण गरिएको थियो ।


मन्दिरका पदाधिकारी र समाजसेवीहरुले महिलाहरुलाई साडी हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिकी सचिव निशा आचार्य,मन्दिर मुल समितिका सदस्यद्वय गोपालप्रसाद गुप्ता र दिपक कुमार साह लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु