विराटनगर । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री नारायण बहादुर मगरले स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउनु आवश्यक रहेको बताउनुभएको छ ।

कोशी प्रदेशको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयले विश्व पानी दिवसको अवसर पारेर शुक्रबार विराटनगरमा आयोजना गरेको शान्तिकालागि पानी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जलश्रोतमा विश्वकै दोश्रो ठूलो धनी देशमा स्वच्छ पानीको हाहाकार हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउन प्रदेश सरकारले काम गरिरहेको समेत जानकारी दिनुभयो ।

खानेपानी महाशाखा प्रमुख धर्मेन्द्र कुमार केशरीले संसारमा पानी र ढल व्यवस्थापनको संकट बढ्दै गएको बताउनुहुँदै पानीकै बिषयलाई लिएर विश्वमा युद्धहरु समेत भएको बताउनुभयो । उहाँले स्वच्छ पिउने पानीको संकट न्यूनीकरण र श्रोतको संरक्षणका निम्ति ठोस पहल आवश्यक रहेको बताउनुभयो ।

कोशी प्रदेशमा ४ लाख ७ हजार बढी धरधुरीले धाराको पानी प्रयोग गर्ने गरेको कार्यक्रममा जनाईएको थियो । यस्तै ४ लाख ७६ हजार धरधुरी चापाकलमा तथा १९ हजार बढी घरधुरीले ईनारबाट पानी निकालेर गुजारा चलाइरहेको बताईएको छ ।

कार्यक्रमकाबिच खानेपानी तथा सरसफाई विज्ञहरुले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबरहरु