विराटनगर–११ स्थित रौनियार सेवा समाजले होली मिलन समारोह आयोजना गरेको छ ।

सो संस्थाले सरौचियामा रहेको कार्यालय परिसरमा होली समारोह आयोजना गरेको हो । सो अवसरमा सहभागिले एक आपसमा रंग अबिर दलेर आत्मियता साटासाट गर्नुका साथै होलीको शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रमकाबीच संस्थाका पुर्व अध्यक्ष सियाराम रौनियारले होली बिशेष हास्यब्यंग कविता प्रस्तुत गर्नुभयो । यस्तै सहभागि अन्यले मनोरंजक प्रस्तुती राखेका थिए ।

होली सबै प्रकारको वैरभावलाई अन्त्यगर्दै खुशी साटासाट गर्ने पर्व रहेकाले समुदायलाई भेलागरि होली मिलन समारोह आयोजना गरिएको रौनियार सेवा समाजका अध्यक्ष अवध नारायण रौनियारले बताउनुभयो ।

सो अवसरमा पुर्वअध्यक्ष सियाराम रौनियारलाई महामुर्ख र जुगल गुप्तालाई मुर्ख घोषणा गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्षद्वय रंजितकुमार गुप्ता र मनोज गुप्ता,महासचिव शम्भू प्रसाद गुप्ता,सचिव अशोक गुप्ता,कोषाध्यक्ष राम लखन शाह,पुर्व अध्यक्ष राम नरेश साह लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागि हुन आउनेका लागि आयोजक समितिले होलीमा पस्किने खाजाको साथै रंगिन टोपी र रंग अबिरको ब्यवस्थापन गरेको थियो ।

विराटनगर महानगरपालिकामा रौनियार समुदायको झण्डै ५ हजार जनसंख्या रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु