विराटनगर । मैथिली सेवा समितिले विराटनगरमा होलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
सो संस्थाले विराटनगर १० मा रहेको निर्माणाधिन आफ्नै भवन परिसरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमकाबीच होली बिशेष मैथिली भाषाका सांस्कृतिक गित,नृत्य र प्रहसन प्रस्तुत गरिएको थियो ।
यस्तै राजविराजकी गायिका सुनिता साह,जतुवाका राजनारायण यादव,विराटनगरकै प्रेमनारायण झा र गायक विरेन्द्र झा लगायतका गायक कलाकारहरुले आफ्ना प्रस्तुती राखेका थिए ।
संस्थाको बार्षिक कार्यतालिका अनुसार होलीको शुभकामना कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ईन्जीनियर फुलकुमार देवले जानकारी दिनुभयो । सो अवसरमा बोल्ने वक्ताहरुले मैथिली संस्कृति अनुसार होली खेल्न सहभागिलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष सुनिता ठाकुर,महासचिव मनोज मिश्र,सचिव विपिन कुमार झा,सहसचिव डाक्टर अमर यादव,कोषाध्यक्ष सारदानन्द झा सहित अप्पन विराटनगढ परोपकार समाजका अध्यक्ष बसुन्धरा झा,समाजसेवी राजेश कुमार झा लगायतको सहभागिता थियो ।