विराटनगर । दादुरा–रुवेला निवारणकालागि कोशी प्रदेशमा खोप अभियान संचालन हुने भएको छ ।

दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार नेपालमा पनि राष्ट्रव्यापी अभियान शुरुगर्न लागिएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले अभियानको वारेमा विराटनगरमा आयोजित संचारकर्मी संगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो ।

अभियान अन्र्तगत कोशी प्रदेशमा फागुन १३ देखि चैत ३ गते सम्म खोप लगाईने कार्यक्रम रहेको छ । राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि कोशी प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसंख्यालाई खोप लगाई सक्नेगरि तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अभियान अन्र्तगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने निर्देशक बस्नेतले जानकारी दिनुभयो । फागुन १३ गते कोशी प्रदेशका भोजपुर, तेहृथुम, मोरङ र उदयपुरमा अभियानको शुभारम्भ हुने भएको छ । अन्य १० जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरुगरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशमा ९ महिना देखि ५९ महिना सम्मको जनसंख्या ३ लाख ६४ हजार ७ सय ६ र ५ वर्ष देखि १५ वर्षको जनसंख्या ५ लाख २९ हजार २ सय २८ रहेको बताउनुभयो । उहाँले लक्षित जनसंख्याको सवैभन्दा बढी झापा, मोरङ र सुनसरीमा खोप लगाउनुपर्ने बताउनुभयो ।

भण्डारीका अनुसार मोरङका लक्षित जनसंख्याको ३१ प्रतिशत, झापा र सुनसरीमा २६–२६ प्रतिशत रहेको छ । खोप संचालनका लागि प्रदेशभरका ८ हजार ३६६ खोपकेन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मी परिचालन गर्ने गरि तयारी गरिएको कार्यक्रममा जानकारी गराइयो ।

गतवर्ष मोरङ र सुनसरी जिल्लामा ८४ जनामा दादुरा रुवेला देखिएको थियो । आइतवार विराटनगर महानगरपालिका वार्ड नम्बर १५ स्थित जनविकास उच्च माविवाट यो अभियानको शुभारम्भ हुने जनाइएको छ ।

प्रदेश स्वास्थय मन्त्रीले विहान साढे १० वजे अभियानको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबरहरु