रंगेली नगरपालिकास्तरीय सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत माध्यमिक विद्यालयतर्फ रंगेली ६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।
सात स्वर्ण ५ रजत ८ काश्य पदकसहित कुल २० पदक तथा कुल ५८ अंक ल्याएर सो विद्यालय प्रथम भएको हो । त्यसैगरी प्रगतिशील माध्यमिक विद्यालय रंगेलीले पाँच स्वर्ण ४ रजत र ३ कास्य गरी कुल १२ पदक तथा ४० अंक ल्याएर दोस्रो भएको हो ।
महेन्द्र माध्यमिक विद्यालयले ३ स्वर्ण ४ रजत र ६ काश्य पदकगरी कुल १३ पदक प्राप्त गरी तेस्रो भएको छ । महेन्द्र माध्यमिक विद्यालयले ३३ अंक प्राप्त गरेको छ । प्रतियोगितामा महालक्ष्मी माध्यमिक विद्यालयले ३ स्वर्ण २ रजत र २ काश्य गरी ७ पदक प्राप्त हासिल गर्दै चौथो तथा सान्त्वना स्थान हासिल गरेको छ ।
प्रथम हुने विद्यालयले नगद २५ हजार, दोस्रो ले २० हजार, तेस्रोले १५ हजार र चौथो हुने विद्यालयले ७ हजार नगद राशि प्राप्त गरेको छ । प्रतियोगितामा १३ वटा सामुदायिक विद्यालय तथा ७ वटा निजि विद्यालयका समेतगरि करिब ३ सय ५० खेलाडीहरूको सहभागिता थियो ।
रंगेली नगरपालिकास्थित जनता क्याम्पसमा फागुन ८ देखी १० गते सम्म प्रतियोगिता संचालन भएको थियो ।