विराटनगर २० माघ । तिनटोलियास्थित चित्रगुप्त समाज कल्याण परिषदले एक दर्जन बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

परिषदले आफ्नो २५ औं बार्षिक साधारणसभाको अवसरमा ७० बर्ष माथिका १५ जना ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेको हो । विराटनगर १० मा रहेको परिषद भवन कार्यालय परिसरमा आयोजित चित्रांश ज्येष्ठ नागरीक सम्मान कार्यक्रमकाबीच वडाभित्रका ज्येष्ठ नागरीकलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डाक्टर नारायण कुमार,चित्रगुप्त समाज कल्याण परिषदका अध्यक्ष प्राडा नविनकुमार कर्ण र डाक्टर आदित्य मल्लिक स्मृति गूठीका अध्यक्ष चन्द्रकिशोर मल्लिक लगायतले ज्येष्ठ नागरीकहरुलाई फुलमाला,दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभयो । सो अवसरमा ज्येष्ठ नागरीकहरुलाई उपहारस्वरुप हर्लिक्स लगायतका पौष्टिक खाद्यान्न सहितको उपहार प्रदान गरिएको थियो ।

कार्यक्रमकाबीच वडानम्बर १० का ८४ बर्षिय सावित्रीदेवी कर्ण,८३ बर्षिय चन्द्रपति चौधरी,७६ बर्षिय चन्द्रलतादेवी कायस्थ,८१ बर्षिय राजकुमारी कर्ण,७७ बर्षिय चिन्तामणि श्रीवास्तव र ७९ बर्षिय विभादेवी कायस्थलाई सम्मान गरिएको थियो ।

यस्तै ८३ बर्षिय रमाकान्त श्रीवास्तव,७८ बर्षिय सरितादेवी कर्ण,७७ बर्षिय नित्यानन्द लाल दास,सावित्रीदेवी कर्ण,राधाकान्त दास,८० बर्षिय सारदानन्द दास,पार्वतीदेवी चौधरी तथा ७८ बर्षिय कुशेश्वरलाल कर्ण र ७५ बर्षिय रिता श्रीवास्तव लाई सम्मान गरिएको थियो ।

डाक्टर आदित्य मल्लिक स्मृति गुठीसंगको सहकार्यमा ज्येष्ठ नागरीकहरुलाई सम्मान गरिएको परिषदका अध्यक्ष प्राडा कर्णले जानकारी दिनुभयो । सो अवसरमा गुठीले छनौट गरेर वितरण गर्न बांकी रहेका ३ जना विद्यार्थीलाई छात्रबृति समेत वितरण गरिएको थियो ।

कार्यक्रमकाबीच लामो समयदेखी निशुल्क होमियोपैथी क्लिनिक संचालनगर्दै आएका विमल कुमार कण्ठलाई समेत सम्मान गरिएको थियो । कण्ठले सविता कविता ट्रस्ट मार्फत वितेको २३ बर्षदेखि विराटनगर १२ मा निरन्तर होमियोपैथीको निःशुल्क क्लिनिक संचालन गर्दै आएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका पुर्व उपकुलपति घनश्यामलाल दास,मैथिल संचारकर्मी संघका अध्यक्ष नवीन कर्ण, परिषदका पुर्व अध्यक्ष शशिभूषण कर्ण,महिला कमिटि अध्यक्ष ममता कर्ण सहित विराटनगरका विभिन्न वडाहरुमा रहेका चित्रगुप्त समाजका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो ।

कार्यक्रमकाबीच आयोजक संस्थाका कोषाध्यक्ष विजेन्द्र कर्णले परिषदको बार्षिक आय ब्ययको विवरण प्रस्तुत गर्नुभयो ।

सम्बन्धित खबरहरु