विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) मोरङका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन ।
बुधबार विराटनगरमा एक कार्यक्रम आयोजनागरी दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्यहरुले पदभार ग्रहण गरेका हुन् । २८ पुसमा भएको संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा देशबन्धु ढकाल, वरिष्ठ उपाध्यक्षमा हरिराज रेग्मी, थोक उपाध्यक्षमा जितु रजक, खुद्रा उपाध्यक्षमा मुकेश श्रीवास्तव, महासचिवमा अरुणकुमार ठाकुर, कोषाध्यक्षमा मनोजकुमार मण्डल,सचिवमा सरिता चौधरी, सह-कोषाध्यक्षमा राजकुमार यादव निर्वाचित भएका थिए ।
यसैगरी, खुद्रा सदस्यमा सुनिलकुमार चौधरी, थोक सदस्यमा राजेशकुमार मण्डल, सदस्यहरुमा अरविन्दकुमार मण्डल, गौरवप्रसाद साह, किरणकुमार चौधरी निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष ढकाललाई निवर्तमान अध्यक्ष लक्ष्मी तिमिल्सिनाले सपथ गराएका थिए ।
ढकालले सपथ लिएपछि अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायीहरुको हकहितमा सधैभरी लागि पर्ने बताए । उनले व्यवसायीहरुलाई एक ढिका बनाएर लैजाने प्रतिवद्धता गरे ।
कार्यक्रममा नेपाल औषधि व्यवसयी संघका केन्द्रीय सदस्य प्रदिपकुमार दास, कोशी प्रदेशका उपाध्यक्ष नरेन्द्र बराल , झापाका अध्यक्ष जीवन खड्का, नेपाल औषधि व्यवस्था विभाग विराटनगरका शाखा अधिकृत अनिल परियार लगायतले नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।