विराटनगर । मैथिल सञ्चारकर्मी संघ नेपालको आयोजनामा दोश्रो संस्करणको घुरतप्पा वनभोज सम्पन्न भएको छ ।
संघको आयोजनामा सुनसरीको बर्जु गाउँपालिकामा रहेको पर्यटकियस्थल बर्जुतालमा घुरतप्पा–२ सम्पन्न भएको हो । पुष १४ गते सम्पन्न भएको वनभोजमा मोरङका साथै सुनसरीको दक्षिणी पालिकाका समेतगरि ४ दर्जन बढी पत्रकार, सञ्चारकर्मी र शुभेच्छुकहरुको सहभागिता थियो ।
वनभोजमा सहभागि सञ्चारकर्मीहरुले आगामी दिनमा आपसी सहकार्यका बिषयमा जोड दिएका छन । बाहिरी सहयोग संकलनको साटो आफु भित्रैबाट नगद तथा जिन्सी सहयोग संकलनगरि सबैको स्वामित्व र अपनत्व हुनेगरि संघले योगदानमा आधारित वनभोजको थालनी गरेको संघका अध्यक्ष नवीन कर्णले बताउनुभयो ।
वनभोज मनोरंजन गर्ने माध्यमका साथै आपसी विचारविमर्श गर्न साहायक हुने गरेकाले आगामी दिनमा समेत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आयोजक संस्थाका सल्लाहकार अरविन्द मेहताले बताउनुभयो । सुनसरी मोरङका साथै अन्य क्षेत्रमा समेत छरिएर रहेका मैथिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई संघले समेटेर अघि बढ्ने महासचिव वीरेन्द्र साहले जानकरी दिनुभयो ।
वनभोजमा चर्चित पत्रकार सोनूकुमार दासले आफैले मासुको परिकार बनाएर सहभागिलाई पस्किएका थिए भने सहभागि सबैले दक्षता अनुसारको योगदान दिएका थिए । सो अवसरमा नाचगान गरेर मनोरंजन समेत गरिएको थियो ।
यसअघि २०७९ सालमा मोरङको कटहरी गाउँपालिकाको महेशपुरमा घुतप्पाको पहिलो संस्करणको वनभोज आयोजना गरिएको थियो ।