विराटनगरमा केन्द्रीय कार्यालय रहेको मैथिली एसोसिएशन नेपालको अध्यक्षमा मैथिली अभियानी प्रवीणनारायण चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।
पौष ७ गते एसोसिएशनको चौथो साधारण सभाबाट चौधरीसंगै १५ जना नयाँ कार्यसमिति समेत चयन भएको छ । एसोसिएशनको उपाध्यक्षमा आभा अनुपमा र पंकज वर्मा, महासचिवमा राकेश देव, सचिवमा भाष्कर चौधरी र अजय कर्ण तथा कोषाध्यक्षमा मीरा देव रहनुभएको छ ।
यस्तै सदस्यहरुमा प्रकाश प्रेमी, पूनम सिंह, वन्दना चौधरी, विरेन्द्र कुमार झा, दिपेन्द्र स्वर्णकार, रोजी झा, सरिता साह र मन्जू मिश्र निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक शिव नारायण पण्डित सिंगलले जानकारी दिनुभयो । नवनिर्वाचित पदाधिकारीलाई मैथिली भाषाका वरिष्ठ अभियन्ताद्वय रामरिझन यादव तथा डाक्टर योगेन्द्र प्रसाद यादवले शुभकामना तथा बधाई दिनुभयो ।
कार्यक्रमकैबीच मैथिली अभियानी किसलय कृष्णले पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनुभयो । यसअघि संविधान सभा सदस्य एवं पूर्व मंत्री जयराम यादवले एसोसिएशनको बार्षिक साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा हनुमान नगर– कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता,युवा राजनीतिकर्मी उमेश यादव, रंजीत झा, कादिर अली र कन्हैयालाल साहको उपस्थिति थियो ।
यस्तै मिथिला चित्रकर्मी शीला चौधरी, मैथिली अभियन्ता संजू साह, मैथिली सेवा समितिका संस्थापक अध्यक्ष डाक्टर सुरेन्द्र नारायण मिश्र र निवर्तमान अध्यक्ष डाक्टर एसएन झा लगायतको उपस्थिति थियो ।