बर्जु गाउँपालिका ३० मंसिर । सुनसरीको बर्जु गाउँपालिकामा विवाह पञ्चमी मैथिली महोत्सव आयोजना गरिएको छ ।

बर्जु गाउँपालिकाको सहयोगमा विराटनगरस्थित अप्पन विराटगढ परोपकार समाजले स्थानिय रामसिता माध्यमिक विद्यालयमा मैथिली महोत्सव आयोजना गरेको हो । महोत्सवमा मैथिलीका नाम चलेका गायक,नर्तक र कलाकारहरुले भाग लिएका छन ।

विवाह पञ्चमीको सन्दर्भ पारेर कार्यक्रम गरिएकाले महोत्सवमा अधिकांशरुपमा मिथिलाकी छोरी सिता तथा भगवान रामसंग सम्बन्धित गित तथा गिति नाटिका प्रस्तुत गरिएको आयोजक संस्थाकी अध्यक्ष बसुन्धरा झा ले जानकारी दिनुभयो । यस्का साथै मैथिली संस्कृतिसंग जोडिएका लोकगित तथा आधुनिक गितहरु समेत प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गायक भगवान झा र मनोज भोले लगायतका चर्चित गायकहरुले गायन प्रस्तुत गर्नुभयो । यस्तै मनोज राजवंशी,समिक्षा कार्की र दिपेन्द्र थापा लगायतले मैथिली सांस्कृतिक गितमा नृत्य प्रस्तुत गर्नुभयो ।

कार्यक्रमकाबीच बर्जु गाउँपालिकाका अध्यक्ष जिबछ कुमार राय, उपाध्यक्ष नितु चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमलदेव यादव,पुर्व अध्यक्ष रघुनन्दन चौधरी,वडाध्यक्षहरु महेन्द्र प्रसाद कामत,दिलबहादुर गुरुङ,बिनोद गुरुङ,अजयकुमार चौधरी तथा विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामत लगायतलाई सम्मान गरिएको आयोजक संस्थाका राजेश झाले जानकारी दिनुभयो ।

सम्मानित हुनेलाई आयोजक संस्थाकी अध्यक्ष झा सहित मैथिली अभियानी विद्या मिश्रा तथा प्रेमनारायण झा लगायतले सिरमा लगाईने मिथिलाको पाग र दोपटाले सम्मान गर्नुभयो । कार्यक्रममा बर्जुका विभिन्न वडाका साथै देवानगंज,हरिनगरा र विराटनगरका सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा मैथिली अनलाइनले मिडिया पार्टनरको भूमिका निर्वाह गरेको थियो ।

सम्बन्धित खबरहरु