कटहरी १० मंसिर । कटहरीको ३ नम्बर वडा कार्यालयले नेपाल रेडक्रस सोसाईटी कटहरी उपशाखालाई कार्यालय संचालनमा आवश्यक सामाग्रि प्रदान गरेको छ ।
वडा कार्यालयले रेडक्रस कटहरी उपशाखालाई स्टील दराज १ थान,थ्री पिस सोफासेट १,प्लाष्टिक कुर्सी १० थान,रिभल्भिंग कुर्सी १ र अफिस टेबल १ थान प्रदान गरेको छ । वडा कार्यालय परिसरमा मंसिर १० गते आयोजित कार्यक्रमकाबीच कटहरी ३ का वडाध्यक्ष जदुलाल कामतले नेपाल रेडक्रस सोसाईटी कटहरी उपशाखाका सभापति यशोधर कामतलाई ति सामाग्रि हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमकाबीच रेडक्रसलाई १ लाख ६५ हजार मुल्य बराबरको सामाग्रि प्रदान गरिएको वडा सचिव कविता रिजालले जानकारी दिनुभयो । बितेको बर्ष गाउँपालिकाको बजेटबाट रेडक्रस उपशाखाको भवन निर्माण गरिएको भएपनि फर्निचर अभावमा कार्यसम्पादनगर्न समस्या रहेको देखेपछि वडाको बजेटबाट कार्यालय संचालनमा आवश्यक सामाग्रि उपलब्ध गराईएको वडाध्यक्ष कामतले बताउनुभयो ।
कटहरी गाउँपालिका कार्यालय छेउमै आर्र्थिकबर्ष २०७९÷८० मा रेडक्रस उपशाखाको ४ कोठे भवन निर्माण गरिएको थियो । प्राप्त फर्निचर सामाग्रिको प्रयोगबाट कार्यसम्पादनमा सहजता हुने रेडक्रस कटहरी सभापति कामतले बताउनुभयो ।
कार्यक्रममा ३ नम्बर वडा सदस्य बल्सी दास तत्मा,सुलेखादेवी मण्डल,दुखनीदेवी पासवान र शंकर पासवान लगायत स्थानियको सहभागिता थियो ।