विराटनगर । सुप्रसिद्ध गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको ‘माई गे’ बोलको गिति भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भएसंगै यस गितले आम दर्शकको मन छोएको छ । आमा र छोराको ममत्व समेटिएको यो गित ठाकुरको आधिकारीक युट्यूब च्यानलबाट रिलिज भएको छ । रिलिज भएसंगै यस गितले दर्शकको लाईक,कमेन्ट र प्रशंसा बटुल्न थालेको छ ।
‘तोरा जेहन कोई नै हई, माई गे’ बोलको यस गितका रचनाकार समेत गायक ठाकुर स्वयं रहनु भएको छ भने संगित धर्मेन्द्र शर्माको रहेको छ । गितको भिडियोमा मुमताज राईन,अविनाश यादव र कल्याणी देवी उरांवले मुख्य भुमिका निर्वाह गर्नुभएको छ ।
गितका निर्माता नरेश ठाकुर र सुरेश ठाकुर रहनुभएको छ भने भिडियोको निर्देशन सजय साहले गर्नुभएको छ । गितको छायांकन अमर साह र प्रकाश ब्यवस्थापन श्रवणले गर्नुभएको छ । गितको निर्माणमा अविनाश गुप्ता,विशाल सिंह र सचिन सिंह लगायतले सहयोग गर्नुभएको निर्माण पक्षले जनाएको छ ।
यस गितको रेकर्डिङ मिर्चैयाको ए.एफ.प्रोडक्सनमा गरिएको थियो ।
यस लिंकमा क्लिक गरेर यो गित हेर्न सकिन्छ ∶ https://www.youtube.com/watch?v=WCmjkVJjPec




