विराटनगरस्थित ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र परिसरमा नयाँ भवन निर्माण हुने भएको छ ।
सेवा केन्द्रको साबिक भवनको प्राङणमा नयाँ भवन निर्माण गर्न लागिएको हो । भवनको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक ८४ बर्षिय राजदादी माँ र प्रदेश सभा सदस्य भीम पराजुलीले शिलान्यास गर्नुभयो ।
आउदो केहि दिनभित्रै उक्त ठाउँमा तीन तले भवन निर्माण गरिने केन्द्रकी विराटनगर प्रमुख गिता दिदिले जानकारी दिनुभयो । उहाँले श्रद्धालुहरुको सहयोगमा भवन निर्माण सम्पन्न गरिने बताउनुभयो । भवनको भुईतलामा पार्किङ,दोश्रो तलामा साधना हल र तेश्रो तलामा आवासिय सुविधा सहितको भनव निर्माण गरिने सेवा केन्द्रले जनाएको छ ।
सो अवसरमा बोल्नुहुँदै प्रदेश सभा सदस्य पराजुलीले ब्रम्हकुमारी सेवा केन्द्रले समाजमा धर्म र नैतिकताको विकास गर्न क्रियाशिल रहेको बताउनुभयो । उहाँले सेवा केन्द्रको सम्पर्कमा आएका धेरै दुब्र्यसनीहरु समेत आफ्नो जीवनमा रुपान्तरण गर्न सफल भएको बताउनुभयो । नेपाल निर्देशक राज दादी माँ ले परमात्मालाई साक्षी राखेर सम्र्पण गरिएको सबै काम सफल हुने गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य यशोदा कायस्थ र ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयका हिरण्य पौडेल लगायतले शुभकामना मनतब्य राख्नुभयो ।





