विराटनगर । तेली कल्याण समाज नेपालले आसन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान सहित रक्तदान शिविर आयोजना गरेको छ ।
समाजको मोरङ जिल्ला कार्यसमितिले विराटनगरमा आयोजना गरेको शिवीरबाट ५१ पिन्ट रक्त संकलन भएको छ । शिवीरमा समाज आबद्ध पदाधिकारी सहित सर्वसाधारणले रक्तदान गरे ।
रक्तको माग दिनानुदिन बढदै गएको तर आपुर्ति कम भईरहेको अवस्थालाई मध्येनजर गरेर शिवीर आयोजना गरिएको तेली कल्याण समाज नेपालका मोरङ अध्यक्ष डाक्टर बालकृष्ण साहले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा शिवीर आयोजना गरिएको थियो ।

समाजले पहिलोट पटक रक्तदान आयोजना गरेको अध्यक्ष साहले जानकारी दिनुभयो । लगत्तै समाजले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले एकअर्कालाई शुभकामना दिनुका साथै संस्थाको गतिविधिलाई अभियानकोरुपमा अघि बढाउनुपर्ने बताएका थिए । तेली समाज कल्याणले पछिल्लो समय आफ्नो सांगठनिक सुदृढिकरणलाई तिब्रता दिएको छ ।
समाजले हालसम्म जहदा,सुनबर्षी,ग्रामथान,सुन्दरहरैंचा,रंगेली,विराटनगर र रतुवामाईमा पालिका र वडास्तरिय कमिटिहरु गठन गरिसकेको छ ।





