विराटनगर १२ असोज । विराटनगरमा भब्य जितिया समारोह आयोजना गरिने भएको छ ।
स्थानिय महेन्द्र मोरङ कलेज प्राङ्गणमा असोज १३ गते शनिवार ११ बजे समारोह आयोजनागर्न लागिएको हो । अप्पन विराटगढ परोपकार समाजको आयोजनामा समारोह हुन लागेको हो । कार्यक्रमको सह आयोजक दु∶खको साथी नेपाल रहेको छ ।
कार्यक्रममा विराटनरसहित जनकपुर,राजविराजबाट आमन्त्रित कलाकारहरुका साथै विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरुले गित,संगित,नाटक र प्रहसन प्रस्तुत गर्ने जनाईएको छ । यस्तै चित्रकला प्रर्दशनी सहित सांस्कृतिक झाँकी निकालिने आयोजक समितिले जनाएको छ । कार्यक्रमकाबीच सामाजिक अभियन्ता सहित पत्रकारहरुलाई सम्मान समेत गरिने तैयारी छ ।
यस पटक १२ औं संस्करणको जितिया पर्व समारोह आयोजना गर्न लागिएको अप्पन विराटगढ परोपकार समाजका अध्यक्ष बसुन्धरा झाले जानकारी दिनुभयो । जितिया पर्वलाई राष्ट्रिय पर्वकोरुपमा मान्यता दिलाई पर्वकादिन सार्वजनिक विदाको माग गर्दै आफुहरुले निरन्तर कार्यक्रम सहित अभियान चलाउँदै आएको उहाँले जानकारी दिनुभयो ।
जितिया तराईबासी महिलाहरुले अत्यन्त निष्ठा र श्रद्धापुर्वक मनाउने पर्व हो । सन्तानको आरोग्यताको कामनासहित यो पर्व मनाउने गरिन्छ । २०८० सालको जितियापर्व असोज २० गते परेको छ ।

