विराटनगर २३ भदौ । नेपाल भाषा तथा सांस्कृतिक संघ, झी∶पुच∶ विराटनगरको अध्यक्षमा भविषकुमार श्रेष्ठ चयन हुनुभएको छ ।
संघको भदौ २३ गते विराटनगरमा भएको २९ औं साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शरद श्रेष्ठ चयन हुनुभएको छ यस्तै उपाध्यक्षमा सुरेशलाल श्रेष्ठ, महासचिव सुभाष अमात्य,कोषाध्यक्ष संजय श्रेष्ठ तथा सह कोषाध्यक्षमा संजुृ शाक्य र सचिवमा सुरज श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा उदय डंगोल,मिरा राजभण्डारी,जिना श्रेष्ठ,संजिब श्रेष्ठ,सुनिता बज्राचार्य र संजय श्रेष्ठ रहनुभएको निर्वतमान अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ बर्षको रहने जनाईएको छ ।
साधारण सभाले नेवा संस्कृतिको उत्थानलाई निरन्तरता दिंदै भवन निर्माण लगायतका कार्यलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।