विराटनगरमा जारी रथयात्राको क्रममा शंकास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ गरिएका ब्यक्तीहरुमा ३० जना पुरुष र ८ जना महिला छन । नियन्त्रणमा लिईएका ३८ जना मध्ये ३२ भारतीय र ६ जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रंजन दाहालले जानकारी दिनुभयो ।
शंकास्पद गतिविधिमा संलग्न उनिहरुलाई रथयात्रामा खटिएको प्रहरीले नगरक्षेत्रको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । उनिहरुको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिईएका कतिपय विगतमा समेत आपराधिक गतिविधिमा संलग्न रहेको पाईएको प्रहरीले जनाएको छ ।