विराटनगरस्थित लाईफ लङ्ग पोलिक्लिनिकले चिकित्सकहरुबीच परिचयात्मक कार्यक्रम गरेको छ ।
गएको बर्षदेखि संचालनमा आएको पोलिक्लिनिकले आफ्नो क्लिनिकमा आबद्ध रहेका फुल टाईमर र कन्सलट्यान्ट डाक्टरहरुबीच परिचयात्मक कार्यक्रम गरेको हो । औषधि उत्पादक नेपाली कम्पनी नोभा जेनेटिकाको प्राबिधिक सहयोगमा साउन २९ गते कार्यक्रम गरिएको हो ।
क्लिनिकमा डेढ दर्जन बढी विज्ञ चिकित्सकहरु आबद्ध रहेको तथा उनिहरुबीच एकआपसमा चिनजान गराउने तथा सेवालाई प्रभावकारी बनाउने उद्धेश्यसहित परिचयात्मक कार्यक्रम गरिएको पोलिक्लिनिकका प्रशासकिय अधिकृत अमृत साहले जानकारी दिनुभयो ।
उहाँले पोलिक्लिनिक स्थापना यता मोरङ कारागार सहित ५१ वटा आँखा शिविरहरु आयोजनागरि ८ हजार बढी ब्यक्तीलाई निशुल्क उपचार र औषधि सेवा प्रदान गरिएको समेत जानकारी दिनुभयो । सो अवसरमा बोल्नुहुँदै पोलिक्लिनिकका निर्देशक पंकज बर्माले नाफाको उद्धेश्यले भन्दापनि सेवामुलक भाव सहित पोलिक्लिनिक संचालनमा ल्याईएको बताउनुभयो ।
पोलिक्लिनिकका अध्यक्ष कमलेश कर्णले स्वास्थ्य क्षेत्रको हबकोरुपमा विराटनगर विकास हुँदै गएको अवस्थामा गुणस्तरिय र सुलभ सेवा प्रदानगर्न सामाजिक तथा स्वास्थ्य क्षेत्रका अभियन्ताहरुको अगुवाईमा लाईफ लङ्गको स्थापना गरिएको बताउनुभयो । सो अवसरमा नोभा जेनेटिकाका नेपाल विक्री प्रबन्धक पवन थारुले शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा पोलिक्लिनकका मेडिकल डाईरेक्टर डा.रत्न जंग साह,डा.अरविन्द साह,डा.शारदा पन्त,डा.ज्ञानराज अर्याल,डा.प्रमोद शर्मा गौतम,डा.अजय महतो,डा.विभा मण्डल,डा.सुरेशप्रसाद साह,डा. हनि राणा,डा.सबिन भण्डारी र डा.सचिन नेपालीको उपस्थिति थियो ।
यस्तै डा.राजन कर्ण,डा.सचिदानन्द साह,डा.मधुर भगत,डा.अरविन्द यादव,आप्थाल्मिक अफिसर राम सेवक साह,सिनियर अप्थाल्मिक प्राबिधिक बिन्देश्वर साह,डा. अजय यादव,डा.उत्सव श्रेष्ठ,डा.ओम साह,डा. सतिस अमात्य,डा.जितेन्द्र मण्डल,डा.निरजकुमार साही र डा.श्रीपथ जे.वालाकर लगायतको समेत उपस्थिति थियो ।