साउन २४ । विराटनगरस्थित द लेप्रोसी मिशन नेपालले कुष्ठ रोग प्रभावित एक ब्यक्तीलाई सिटि रिक्शा खरीदगर्न सहयोग गरेको छ ।

लेप्रोसीले ईटहरी नगरपालिका १४ लाली गुराँस टोलका कुष्ठ प्रभावित युवा रंजित सरदारलाई सिटि रिक्शा खरीदगर्न सहयोग गरेको हो । संस्थाको सहयोगमा खरीद गरिएको सिटि बुधबार हस्तान्तरण गरिएको छ । मिशनको कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डिबि बस्नेतले सरदारलाई सिटि रिक्शा हस्तान्तरण गर्नुभयो ।

सरदार कुष्ठ रोगबाट ग्रसित भएर ४ बर्षको निरन्तर उपचारपछि निको भएका ब्यक्ती हुन । रिक्शाको साँचो ग्रहणगर्दै सरदारले सहयोग पाएपछि सिटि खरीद गर्न सहज भएको तथा गरिखाने बाटो खुलेको बताउनुभयो ।

सरदारलाई सिटि रिक्शा खरीदगर्न ५० हजार रुपैया सहयोग उपलब्ध गराईएको द लेप्रोसी मिशन नेपालका कोशी प्रदेश प्रमुख विपिन दासले बताउनुभयो । उहाँले कुष्ठ रोग प्रभावित तथा सोहि कारणले अपाङता भएका ब्यक्तीहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन संस्थाले २०२० देखी निरन्तर काम गर्दै आएको र हालसम्म २७० जनालाई आर्थिक गतिविधिमा सहयोग उपलब्ध गराईएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ महासंघका पुर्व अध्यक्ष मित्रलाल शर्मा,एसोसिएशन फर आईडिया नेपालका महासचिव जयबिन यादव र प्रदेश अध्यक्ष दिपक मण्डल लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु