विराटनगरस्थित सोम्स कलेज शैक्षिक गुणस्तरमा एक पछि अर्को सफलता हासिलगर्दै एक अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित हुँदै गइरहेको छ ।

पछिल्लो पटक त्रिभुवन बिश्वबिद्यालयद्वारा प्रकाशित बिबिएस दोस्रो बर्षको नतिजामा बिराटनगर ९ मा रहेको सोम्स कलेजकी छात्रा सारदा श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्तगरि प्रदेश प्रथम भएको कलेजले दाबी गरेको छ ।

सोम्स कलेज ब्यबस्थापन शिक्षामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका स्नातक तथा प्रोफेसनल डिग्री अध्ययन गराउने एक उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित रहेको कलजेका संचालक रोशन घिमिरेले बताए । सोम्स कलेज सैद्धान्तिक साथै ब्यवस्थापन बिषयहरुमा प्रयोगात्मक शिक्षण शिकाइ गराउने प्रदेशकै एक मात्र कलेज रहेको बताइएको छ ।

शैक्षिक बातावरण सहयोगी शिक्षक समुह चुस्त ब्यवस्थापन र प्रयोगात्मक सिकाइ क्रियाकलाप हुनु नै आफ्नो सफलताको कारण भएको प्रथम भएकी छात्रा श्रेष्ठले बताइन् ।

हाल यस कलेजमा त्रि.बि.बि. द्वारा सम्वन्धन प्राप्त ४ बर्षे बिबिएस, युकेको एसिसिए, राष्ट्रिय परिक्षा बोर्डद्वारा सम्बन्धन प्राप्त +२ ब्यवस्थापन संकायमा अध्यापन गराइरहेको संचालक घिमिरेले बताए ।

सम्बन्धित खबरहरु