विराटनगर १ साउन । जर्दा सहितको पान बेच्न पाउनुपर्ने मागगर्दै विराटनगरका पान ब्यवसायिहरुले आफ्नो पसल बन्दगरि प्रर्दशनमा उत्रिएका छन ।
विराटनगर महानगरपालिकाले जर्दा बेच्न निषेध गरेपछि ब्यवसायिहरु आफ्ना पसल बन्दगरि बिरोधमा उत्रिएका हुन । महानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि साउन १ गतेदेखि अभियान नै सञ्चालन गर्ने जनाईसकेको छ । सुर्तीजन्य पदार्थ बिक्री अनुमति लिएका सबै पसलको इजाजत रद्द गरेर राजस्व नलिने निर्णय गरेका कारण कुनैपनि सार्वजानिक स्थानमा यसको बिक्री वितरण र प्रयोग पूर्ण रुपमा रोक्नेगरि महानगरपालिका अघि बढेको छ ।
पान ब्यवसायिहरुले पान बेच्दा जर्दाको प्रयोगगर्दै आएपनि जर्दा बेच्न नपाईने भएपछि आफुहरुको ब्यवसाय नै चौपट हुने भन्दै ब्यवसायिले आफ्ना पसल बन्दगरि प्रर्दशनमा उत्रिएका हुन । प्रर्दशनको क्रममा पान ब्यवसायिले स्थानिय रामजानकी मन्दिर परिसरबाट -याली निकालेका छन । -यालीका सहभागि पान ब्यवसायिले जर्दा पान बेच्न पाउनुपर्ने मागगर्दै नाराबाजी समेत गरेका थिए ।
पान ब्यवसायिको -याली नाराबाजीगर्दै विराटनगर महानगरपालिका कार्यालयसम्म पुगेको थियो । उनिहरुले आफ्ना समस्या महानगर प्रमुख सामु राख्ने बताएका छन । यसअघि पान ब्यसायिहरु रामजानकी सेवा सदनमा भेला भएर प्रदुम्न पाण्डेको नेतृत्वमा पान ब्यवसाय संघ तदर्थ समिति समेत गठन गरेका छन ।
आफुहरुले राज्यलाई विभिन्न प्रकारको कर तिरेर ब्यवसाय संचालनगर्दै आएपनि महानगरको निर्णयले पसल नै बन्द गर्ने अवस्था आएको पान ब्यवसायिले बताएका छन ।
विराटनगर महानगरपालिकामा झण्डै एकसय पान पसलहरु रहेको ब्यवसायिहरुले जानकारी दिएका छन ।