विराटनगर ३० असार । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला महिला कार्यसमिति गठन गरिएको छ ।

समाजको आयोजनामा शनिवार विराटनगरमा सम्पन्न भएको प्रथम महिला भेलाबाट विराटनगर ८ की अम्बिका साहको अध्यक्षतामा मोरङ जिल्ला तदर्थ समिति गठन गरिएको समाजका जिल्ला अध्यक्ष डाक्टर बालकृष्ण साहले जानकारी दिनुभयो ।

१३ सदस्यिय समितिको सदस्य सचिवमा विराटनगर १० की सुनिता साह रहनु भएको छ । यस्तै हाल ११ जनालाई सदस्यकोरुपमा समितिमा राखिएको छ । समाजको मोरङ महिला कार्यसमितिमा विराटनगर १० की सरिता साह,रंगेली ६ की नलिनि साह,विराटनगर १५ की आरती साह,विराटनगर ४ की रिता साह र विराटनगर ५ की कोमल साह रहनुभएको छ ।

यस्तै अन्य सदस्यहरुमा विराटनगर ११ की ईन्दु साह,विराटनगर १ की लक्ष्मी साह,विराटनगर १४ की बदामिया साह,विराटनगर ६ की बबी साह,विराटनगर ५ की हेमलता साह र विराटनगर ७ की सुनिता साह रहनुभएको छ ।

यसैगरी महिला समितिको ३ जना सल्लाहकारहरुमा अधिवक्ता सञ्जु साह,निर्मला साह र सोमनी कुमारी साहलाई चयन गरिएको छ । शनिवार नै विराटनगरका विभिन्न वडाका वडाध्यक्षहरु समेत चयन गरिएको तेली कल्याण समाज नेपालले जनाएको छ ।

सो अवसरमा बोल्नुहुँदै अधिवक्ता सञ्जु साह र जिल्ला अध्यक्ष डाक्टर बालकृष्ण साहले तेली समाजको जातिय पहिचान र भाषा–संस्कृति संरक्षण र उत्थानगर्न नवगठित कार्यसमितिले महत्वपुर्ण भु्मिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु