३० असार । विराटनगरमा मदन भण्डारी माध्यमिक विद्यालयस्तरीय ५ किलोमिटरको खुल्ला हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तिको अवसरमा नेपाल खेलकुद महासंघ,मोरङको आयोजनामा ‘क्यापिटल हाफ म्याराथन’ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्र्तगत छात्र तथा छात्रा दुवै समुहको प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा छात्रतर्फ दमक बहुमुखी क्याम्पसका सरोज सिंह प्रथम,धरान हिमालयन मेगा कलेजका किरण लिम्बु दोश्रो,पब्लिक हाईस्कुल धरानकै प्रसान तमाङ तेश्रो,आर्दश विद्यालय विराटनगरका अमर यादव चौथो र सुकुना बहुमुखी क्याम्पसका नविन तामाङ पाँचौ भएका छन ।

प्रथम हुने छात्र सिंहले १६.२५ मिनेटमा ५ किलोमिटरको दुरी पार गरेका थिए । यस्तै दोश्रो लिम्बुले १६.२६.०६,तेश्रो तामाङले १६.२६.४३,चौथो यादवले १६.३८ र पाँचौ हुने नवीनले १७.१५ मिनेटमा दौड पुरा गरेका थिए । यसैगरि छात्रातर्फको प्रतिस्पर्धामा विराटनगरको आदर्श विद्यालयका ४ जना छात्राहरुले पहिलो,दोश्रो,तेश्रो र चौथो उपाधि कब्जा गरेका छन ।

उक्त विद्यालयकी छात्रा अंशु मण्डल प्रथम,अमृता राजवंशी दोश्रो,सुश्मिता बस्नेत तेश्रो र अंजली मुखिया चौथो भएकी छिन । छात्रा समुहमा सुकुना बहुमुखी क्याम्पसकी अन्जु खवास पाँचौ भएकी छिन ।

छात्रातर्फको प्रतिस्पर्धामा प्रथमदेखी पाँचौ सम्म हुने बिजेताले क्रमश १८.५०,२२.३०,२३.४०,२५.१५ र २७.१० मिनेटमा निर्धारित ५ किलोमिटरको दुरी पार गरेका थिए । दुवै समुहका विजेतामध्ये प्रथम हुनेलाई १५ हजार,दोश्रोलाई १० हजार, तेश्रोलाई ५ हजार,चौथोलाई ३ हजार र पाँचौ हुनेलाई नगद २ हजार राशि सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेकपा एमालेका स्थायि कमिटि सदस्य गुरुप्रसाद बराल, संघीय सांसद ऋषिकेश पोखरेल,नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष परसुराम बस्नेत,जिल्ला अध्यक्ष मनोज खड्का, नेकपा एमालेका नगर अध्यक्ष सागर थापा लगायतले बिजेतालाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।

सम्बन्धित खबरहरु