विराटनगरस्थित मोरङ कारागारका तिनसय कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको छ ।

विराटनगर–६ स्थित लाईफ लङ पोलिक्लिनिकद्वारा कारागार परिसरमा आयोजित नि∶शुल्क स्वास्थ्य शिविरकाबीच कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । शिवीरमा स्वास्थ्य जाँच गराएका अधिकांश विरामीमा भिटामिन ‘डी’ को कमी,छाला तथा कान रोगको समस्या देखिएको आयोजक पोलिक्लिनिकका प्रशासन प्रमुख अमृतकुमार साहले जानकारी दिनुभयो ।

झण्डै २ दर्जन ब्यक्तीमा मोतियाबिन्दुको समस्या समेत देखिएको उहाँले जानकारी दिनुभयो । शिवीरमा स्वास्थय सेवा लिएका विरामीलाई नि∶शुल्क औषधि समेत वितरण गरिएको थियो । शिवीरमा जेनरल फिजिशियन डाक्टर रत्नजङ साह,चर्म तथा छला रोग बिशेषज्ञ डाक्टर आलोक गोईत,दन्तरोग बिशेषज्ञ डाक्टर हन्नी राना खातुन र दृष्टि बिशेषज्ञ ज्योती कुमारी राजवंशीले विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका साहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह,मोरङ कारागारका प्रशासन प्रमुख कृष्णबहादुर खड्का,डिएसपी दिलबहादुर रायमाझी, लाईफ लङ पोलिक्लिनिकका अध्यक्ष कमलेश कर्ण र नेपाली काँग्रेसका जिल्ला सदस्य पंकज बर्मा लगायतको उपस्थिति थियो ।

असार २१ गते स्वास्थ्य शिवीर आयोजना गरिएको थियो ।

सम्बन्धित खबरहरु