१८ असार । ग्रामथान गाउँपालिकाका स्वास्थ्यकर्मीहरु तलबभत्ताको मागगर्दै आकस्मिक वाहेकका सम्पुर्ण स्वास्थ्य सेवा ठप्पगरि आन्दोलनमा उत्रिएका छन ।
५ महिनादेखीको तलबभत्ता तथा पोशाक भत्ता नपाएको भन्दै उनिहरु सेवा अवरुद्धगरि गाउँपालिका प्राङणमा धर्नामा बसेका छन । स्वास्थ्यकर्मीहरुले सोमबार बिहान १० बजेदेखी कालोपट्टी बाँधेर गाउँपालिका परिसरमा धर्नामा बसेका हुन । धर्नामा ५ दर्जन बढी स्वास्थ्यकर्मी सहभागि छन ।
फागुनयता तलब भत्ता नआएका कारण स्वास्थ्यकर्मीहरुको दैनिक जीवनयापन असहज भएपछि बाध्य भएर धर्नामा बस्नु परेको धर्नाको नेतृत्व गरिरहनुभएका ल्याब अधिकृत विमल अधिकारीले बताउनुभयो । तलबभत्ता नआएसम्म नियमितरुपमा बिहान साढे १० बजेदेखी ५ बजेसम्म धर्ना कार्यक्रम जारी रहने उहाँले जानकारी दिनुभयो ।
यसअघि स्वास्थ्यकर्मीहरुले तलबभत्ता मागगर्दै असार १५ गते अर्थमन्त्रालयलाई सम्बोधन गरेर जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत ज्ञापनपत्र समेत पठाएका थिए । ज्ञापनपत्रमा तिनभित्र तलबभत्ता उपलब्ध नगराए सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिईएको थियो । उक्त ज्ञापनपत्रलाई समेत वास्ता नगरिएका कारण आफुहरु बाध्य भएर धर्नामा बस्नुपरेको स्वास्थयकर्मीहरुले बताएका छन ।
ग्रामथान गाउँपालिकाका अन्र्तगतका विभिन्न स्वास्थ्य संस्थामा ६८ जना स्वास्थयकर्मी कार्यरत रहेका छन । कार्यरत स्वास्थयकर्मीमध्ये ४२ जना दरबन्दीका र २६ जना फाजिलका रहेका छन । स्वास्थ्यकर्मीहरुले ४ महिनाको १ करोड ९६ लाख रुपैया तलबभत्ता पाउन बांकी रहेको जनाईएको छ । सो बिषयमा प्रतिक्रिया दिनुहुँदै ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोजकुमार साहले आफुहरु स्वास्थ्यकर्मीसंग लगातार छलफलमा रहेको बताउनुभयो ।
स्वास्थयकर्मीहरुले सेवा ठप्प पारेपछि अतिआवश्यक वाहेका ओपिडी र ल्याब सहितका स्वास्थ्य सेवा प्रभावित भएको छ ।