विराटनगर । आफुलाई शिक्षा प्रदानगर्ने गुरुहरुको सम्मानगर्दै आज गुरु पूर्णिमा मनाईदै छ ।

आषाढ महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । यसदिन व्यास ऋषिको जन्मदिन भएकोले यसलाई व्यास पूर्णिमाका रुपमा समेत मनाईन्छ । सो अवसरमा विराटनगर ५ पृथ्वीचोकस्थित नेपाल मानव धर्म सेवा समिति,हंसयोग आश्रमले गुरु पूर्णिमा बिशेष कार्यक्रम आयोजना गरेको छ ।

आश्रमले गुरु पूर्णिमाको अवसर पारेर संकीर्तण,प्रवचन र धार्मिक नृत्य लगायतका कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमकी कोशी प्रमुख नन्दनी बाईजी र विराटनगर प्रमुख एका बाईजीले जीवनमा गुरुको महत्व र सत्संगको महत्वका बिषयमा बोल्नुभयो । उहाँहरुले भक्तीको पहिलो सिढि नै सत्संग रहेको बताउनुभयो ।

सत्संगद्वारा चंचल मनलाई स्थिर गरेर गुरुद्वारा निर्धारित मार्गमा अघि बढनेसके जीवन सार्थक हुने बताउनुभयो । नेपाल मानव धर्म सेवा समितिले सतपालजी महाराजको ज्ञानदर्शन विश्वमा प्रचार गर्नुका साथै मिशन एजुकेशन समेत संचालन गर्दै आएको छ ।

यस कार्यक्रम अन्र्तगत आश्रमका सदस्यहरुले कपि,कलम लगायतका शैक्षिक सामाग्रि संस्थालाई दान गर्ने र संस्थाले उक्त सामाग्रि विद्यार्थीहरु माझ वितरण गर्दै आएको आश्रमका कोशी क्षेत्र सदस्य अच्यूत दाहालले जानकारी दिनुभयो । समितिको विराटनगरमा भेडियारी,बुधनगर,पिचडा,मिल्स एरियाका साथै लेटाङ,दाम्रा भिट्टा लगायतका क्षेत्रमा दर्जनौं आ्रश्रमहरु छन । समितिले आफुमा भएका बिकृति,बिसंगति त्यागगर्न उत्प्रेरणा गर्नुका साथै ब्रम्हज्ञानको प्रचारप्रसार गर्दै आएको समितिका कोशी क्षेत्र सचिव कविराज अधिकारीले जानकारी दिनुभयो ।

समितिको गुरु पूर्णिमा बिशेष कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्र्रमुख शिल्पा निराला कार्की,विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपाने र समितिका विराटनगर क्षेत्र आश्रम अध्यक्ष विक्रम गडतौला लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु