विराटनगर सरौचियास्थित लाईफ लङ पोलिक्लिनिकले आयोजना गरेको निःशृुल्क रक्त परीक्षण शिवीरबाट १७३ जना सर्वसाधारणले सेवा लिएका छन ।
शिवीरमा रक्त परीक्षण गराउन आएका मध्ये १६ जनामा मधुमेहको समस्या र १३ जनामा थाईराईडको समस्या फेला परेको पोलिक्लिनिकका प्रशासन प्रमुख अमृतकुमार साहले जानकारी दिनुभयो । जम्मा १७३ जनाले रक्त परीक्षण गराएकोमा २९ जनामा मधुमेह र थाईराईडको समस्या फेला परेको उहाँले बताउनुभयो ।
पोलिक्लिनिकले रक्त परीक्षण गराएका सेवाग्राहीको ल्याब नतिजा विज्ञ चिकित्सकलाई जाँच गराउने ब्यवस्था समेत मिलाएको थियो । शिवीरमा विराटनगरका विभिन्न वडाका सेवाग्राहीका साथै बर्जु गाउँपालिकाका विरामीहरुले समेत सेवा लिएका थिए ।
आउँदा दिनहरुमा समेत जनमुखी निशुल्क शिवीरहरु संचालन गरिने पोलिक्लिनिकले जनाएको छ । हालै स्थापना भएको पोलिक्लिनिकले अत्याधुनिक उपकरण सहित ल्याब परीक्षण सेवा तथा विज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा समेत प्रदान गर्दै आएको जनाईएको छ ।