विराटनगर । द लेप्रोसी मिशन नेपाल अन्तर्गत संचालित फाउण्ड परियोजनाबाट आर्थिक तथा प्राबिधिक सहयोग पाएका २ सय ५० बढी अपाङता भएका ब्यक्तीहरु आर्थिक गतिविधिमा सक्रिय भएको पाईएको छ ।

परियोजनाबाट आर्थिक तथा प्राबिधिक सहयोग पाएका उनिहरु रोजगार तथा स्वरोजगार क्षेत्रको आर्थिक गतिविधिमा सक्रिय रहेको पाईएको छ । राष्ट्रिय अपाङ महासंघ कोशी प्रदेश,उद्योग वाणिज्य महासंघ र द लेप्रोसी मिशनले गरेको अनुगमनको क्रममा सहयोग उपलब्ध गराईएका अपाङता भएका ब्यक्तीहरु जीवन निर्वाहमुखी र औद्योगिक क्षेत्रको आर्थिक गतिविधिमा सक्रिय रहेको पाईएको छ ।

परियोजनाले सन् २०२० देखी २०२३ को जुन सम्म सुनसरी,मोरङ र झापाका २५८ जना अपाङता भएका ब्यक्तीहरुलाई अवस्था अनुसार बिउ पुँजी,भौतिक सामाग्रि र सिपमुलक तालिम प्रदान गरेको थियो । परियोजनाले सहयोग गरेका २५८ जना अपाङता भएका ब्यक्तीहरु मध्ये यतिखेर ८९ जना औपचारिक रोजगारमा र १६९ जना विभिन्न साना उद्योग र ब्यवसाय संचालनगरि आर्थिक गतिविधिमा सक्रिय रहेको द लेप्रोसी मिशनका ब्यवस्थापक विपिन दासले जानकारी दिनुभयो ।

परियोजनाले ईटहरी नगरपालिकाका १० जना मेरुदण्ड पक्षाघात सम्बन्धि अपाङता भएका ब्यक्तीहरुलाई मिनी गार्मेन्ट र दमकका १० जना अपाङता भएका महिलाहरुलाई गार्मेन्ट उद्योग स्थापनामा सहयोग गरेको थियो । परियोजनाकै सहयोगमा बेलबारीका १३ जना अपाङता भएका ब्यक्तीहरुलाई सहभागि गराएर कम्प्युटर तालिम आयोजना गरिएको थियो ।

बितेको २०७९ पुस १५ र १६ गते विभिन्न सरोकारवालासंग सहकार्यगर्दै विराटनगरमा पहिलोपल्ट अपाङता समावेशी रोजगार मेला २०२२ को आयोजना समेत गरिएको थियो ।

परियोजनाका लाभग्राहीको अवस्थाका बिषयमा गरिएको अनुगमनमा राष्ट्रिय अपाङ महासंघका कोशी प्रदेश अध्यक्ष नवीनचन्द्र ढुंगेल,महासंघका जनवकालत संयोजक सन्तोष पण्डित,द लेप्रोसी मिशन नेपालका ब्यवस्थापनक विपिन दास र लेखा अधिकृत नुमा ढकाल लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु