विराटनगरस्थित लाईफ लङ पोलिक्लिनिकले निःशुल्क रगत परीक्षण शिवीर संचालन गर्ने भएको छ ।
पोलिक्लिनिकले असार १६ गते एकदिने निशुल्क शिवीर संचालन गर्ने भएको हो । मुस्लिम धर्मावलम्बीहरुको बकर–ईद र हिन्दु धर्मावलम्बीहरुको हरिसयनी एकादसीको अवसरमा शिवीर संचालन गर्न लागिएको संचालक प्रदीप कर्णले जानकारी दिनुभयो ।
शनिवार बिहान ७ बजेदेखी दिउसो २ बजेसम्म संचालन हुने शिवीरमा ब्लड सुगर,थाईराईड र ब्लड प्रेसरको निःशुल्क जाँच गरिने उहाँले जानकारी दिनुभयो ।
विराटनगर ११ केशलिया रोडमा रहेको पोलिक्लिनिकमा शिविर संचालन हुने जनाईएको छ ।