ग्रामथान गाउँपालिका भित्र रहेका ग्रामदेव स्थललाई बोर्ड गठन गरेर संरक्षण गर्नुपर्ने सरोकारवालाले माग गरेका छन ।
थारु कल्याणकारिणी सभा ग्रामथान गाउँ कार्यसमितिले सो बिषयमा पालिकालाई ज्ञापनपत्र बुझाएको छ । सभा आबद्ध पदाधिकारी सहित सरोरकारवाला सम्बद्ध एक टोलीले असार ५ गते गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारुलाई सो बिषयको ज्ञापनपत्र सहित बोर्ड गठनगर्दा आवश्यकपर्ने ऐनको प्रास्तावित नमुना समेत बुझाएको छ ।
कार्यक्रमकाबीच आयोजक संस्थाका मोरङ सभापति प्रदीप भगत थारु र ग्रामथान सभापति प्रेमलाल माझीले स्थानिय सियाराम चौधरीद्वारा तयार पारिएको बोर्ड ऐन २०७९ को प्रस्तावित नमुना उपाध्यक्ष थारुलाई हस्तान्तरण गर्नुभयो । सो क्रममा बोल्ने वक्ताहरुले प्रस्तावित ऐनलाई आगामी असार १० गते हुन लागेको गाउँसभामा बिधेयककोरुपमा प्रस्तावगरि सो सम्बन्धि काुनन निर्माणगर्न माग गरेका थिए ।
थारु समुदायमा परम्परादेखी नै ग्राम देवस्थलहरुमा पुजाआजा गर्ने चलन छ । थारु बाहुल्यता रहेको बस्तीहरुमा सदियौ अघि नै ग्रामस्थलहरुको स्थापना भएपनि त्यसलाई संरक्षित गर्न नसक्दा अस्तित्व नै लोप हुने अवस्थामा पुगेको थाकसका मोरङ अध्यक्ष प्रदीप भगत थारुले बताउनुभयो ।
प्रस्तावित नमुना ऐनका मस्यौदाकार सियाराम चौधरीले पछिल्लो समय सरकारद्वारा गरिएको नापीमा समेत ग्रामदेव स्थलहरुको संकेत तथा श्रेस्ता समेत खडा नगरिएकाले पुर्खाहरुले ग्रामदेवकालागि छुट्टयाएका जग्गा अक्रिमण भईरहेको बताउनुभयो ।
आयोजक संस्थाका ग्रामथान अध्यक्ष प्रेमलाल माझीले ग्रामथान गाउँपालिकाले संबैधानिकरुपमा प्राप्त गरेको अधिकारलाई प्रयोगगर्दै ऐन बनाएर देवस्थलहरुको संरक्षण तथा प्रर्बधन गर्नुपर्ने माग गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष गुणावतीदेवी थारुले समुदायको संस्कृति जोगाउन ग्रामथान गाउँपालिका सजग रहेको बताउनुभयो ।