विराट देव सेवा समितिको अध्यक्षमा राजेन्द्र प्रसाद देव निर्वाचित हुनुभएको छ ।
असार २ गते विराटनगरस्थित बाल माध्यमिक विद्यालयमा सम्पन्न भएको समितिको प्रथम साधारण सभाबाट देवको नेतृत्वमा ९ सदस्यिय कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कैलाशपति देव,सचिव संजयकुमार देव,सहसचिव जगदिशचन्द्र देव र कोषाध्यक्षमा मुरारीप्रसाद देव निर्वाचित हुनुभएको छ ।
यसैगरि समितिको नवनिर्वाचित सदस्यहरुमा गिता देव,निर्मलादेवी देव र मनिषा देव हुनुहुन्छ । समितिका नवनिर्वाचित पदाधिकारीलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले शुभकामना दिनुभयो । साधारण सभाबीच सर्वसम्मतले नयाँ कार्यसमिति निर्वाचित भएको समितिका निर्वतमान तदर्थ समितिका अध्यक्ष खडानन्द देवले जानकारी दिनुभयो ।
विराट देव सेवा समिति सामाजिक र सामुदायिक उन्नयनको उद्धेश्यसहित स्थापना भएको समितिले जनाएको छ । विराट देव सेवा समितिको २०७९ पुष १७ गते विधिवत दर्ता तथा स्थापना भएको हो । विराटनगर महानगरपालिकामा देव समुदायका झण्डै ७ सय जनसंख्या रहेको नवनिर्वाचित सचिव संजयकुमार देवले बताउनुभयो ।
यो समुदायको मुख्य पेशा लेखापढी रहेको जनाईएको छ । कार्यक्रमकाबीच समुदाय भित्रका ५४ जना ज्येष्ठ नागरीकलाई सम्मान गरिएको थियो । महानगर प्रमुख कोईरालाले उहाँहरुलाई सम्मान गर्नुभयो ।