बृहत मधेशी नागरिक समाज विराटनगरले ९ औं स्थापना दिवस मनाएको छ ।
सो अवसरमा समाजले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विराटनगरस्थित सितल धर्मशालामा आयोजना गरिएको कार्यक्रममा विभिन्न दल सम्बद्ध राजनितिकर्मी,समाजसेवी सहित समाजका पदाधिकारीहरुको सहभागिता थियो ।
सो अवसरमा बोल्नुहुँदै बृहत मधेशी नागरिक समाज विराटनगरका अध्यक्ष सूर्यनाथ प्रसाद सिंहले बर्षौदेखी पछि पारिएका समुदायले थप अधिकार प्राप्त गर्न बांकी रहेपनि राजनितिक दलहरुले उपेक्षा गरेको दाबी गर्नुभयो । यस्तै समाजका उपाध्यक्ष तबरेज हक,कोषाध्यक्ष भोगेन्द्रप्रसाद यादव,बुद्धिजीवि राजेन्द्र प्रसाद गुप्ता,राजनितिकर्मी रामअषिश महतो लगायतले मधेशी सहित उपेक्षित जनताको हकअधिकार स्थापित गर्न सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।
यस्तै सो अवसरमा समाज र देशको अवस्था चित्रण गरिएको अवधारणा पत्र समेत सार्वजनिक गरिएको थियो । अवधारणापत्रमा देशबाट भ्रष्टाचार उन्मुलन,दोषीलाई कारवाही र नागरीकताको समस्या समाधान गर्न माग गरिएको छ । कार्यक्रममा अधिवक्ता रामलाल सुतिहार,डा.परमेश्वर मुर्मु,श्यामनन्दन शर्मा,प्रदीपकुमार यादव,संजय सिंह र अभिषेक सिंह लगायतको सहभागिता थियो ।
समाज स्थापनाको ९ बर्ष पुरा गरेर १० औं बर्ष प्रवेशको अवसरमा केक समेत काटिएको थियो । २०७१ जेठ ३१ गते बृहत मधेशी नागरिक समाजको स्थापना भएको थियो