विराटनगर । बेखबिखनको उद्धेश्यसहित सिमा कटाउन खोजिएका ३७ जना महिलाको उद्धार गरिएको विश्व सेवा विस्तार संस्थाले जनाएको छ ।
मानव बेचबिखन तथा महिला हिंसा बिरुद्ध कार्यरत उक्त संस्थाले बुधबार सामाजिक लेखा परीक्षणको आयोजना गर्दै सो बिषयमा जानकारी गराएको हो । संस्थाले विराटनगर रानीस्थित सामुदायिक सेवा केन्द्रमा सामाजिक लेखा परीक्षण कार्यक्रमको आयोजना गरेको हो ।
विराटनगर जोगबनी सिमानाकामा हेल्प डेस्क राखेर निगरानी समेत गर्दै आएको उक्त संस्थाले जनवरी २०२३ यता हालसम्म सिमापार गर्न लागेका शंकास्पद ८ सय ५२ जना लाई सोधपुछ गरिएको तथा ३७ जना महिलाहरुलाई सिमाक्षेत्रबाट उद्धार गरिएको जनाएको छ ।
२०२२ मा भने १ हजार ८ सय ३० जनालाई सोधपुछ गरिएको तथा ७३ जनाको उद्धार गरिएको कार्यक्रममा बार्षिक विवरण प्रस्तुत गर्नुहुँदै आयोजक संस्थाकी अदिति कोईरालाले जानकारी दिनुभयो । २०२२ मा २ जना तथा २०२३ को हालसम्म १ जना बिरुद्ध जर्बजस्ती करणीको मुद्धा समेत दायर गरिएको उहाँले जानकारी दिनुभयो ।
संस्थाले विराटनगर जोगबनी नाकामा बिहान ६ बजेदेखी साँझ ७ बजेसम्म महिला बेचबिखन बिरुद्ध निगरानी गर्दै आएको आयोजक संस्थाकी अध्यक्ष सबिना श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै विराटनगर १५ का वडाध्यक्ष प्रकाश साहले सिमामा विभिन्न संघसंस्थाले निगरानी बढाएपछि बेखबिखनको घटनामा कमी आएको बताउनुभयो । विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले दशगजा क्षेत्रका अवैध टहराहरु भत्काईएपछि आपराधिक गतिविधिमा कमी आएको बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मी,सामुदायिक सेवा केन्द्र रानीका सचिव अर्जुन कुमार क्षेत्री,जोगबनी नगरपञ्चायतका पुर्व उपमेयर नरेश प्रसाद,सिमा सुरक्षा गुल्मका ईन्सपेक्टर सम्राज खड्का लगायतको सहभागिता थियो ।