विराटनगर । मोरङ विराटनगरकी नवोदित अभिनेत्री विनिता ऋषि र जनकपुर धामका सुप्रसिद्ध अभिनेता अरुणकान्त यादव अभिनित मैथिली म्युजिक भिडियो रिलिज भएको छ ।

‘तोंही अप्सरा तोंही गुलाब छें’ बोलको मैथिली भाषाको नयाँ म्युजिक भिडियो मैथिली अनलाइनको युट्यूब च्यानलमा रिलिज भएको हो । अभिनेता अरुणकान्तको यसअघि दर्जनौं म्युजिक भिडियोहरु रिलिज भईसकेका छन र उनि मैथिली म्यूजिक ईण्डस्ट्रीजमा स्थापित कलाकार हुन ।

विनिता ऋषि भने पहिलो पटक मैथिली अनलाइनको प्रस्तुती रहेको यस गितबाट मैथिली सिने संसारमा प्रवेश गरेकी छिन । पहिलो पटक सिनेम्याटिक क्यामरा फेस गरेकी विनिताले पोख्त कलाकार झैं प्रस्तुती दिएकी छिन । गितमा विरेन्द्र झा र जोबा सोरेनले स्वर दिएका छन ।

नवीन कर्णको शब्द रचना रहेको गितमा हारुन रशिदले संगित भरेका छन । युवा दर्शकलाई लक्षितगरि डिजे फर्मेटमा म्युजिक भिडियो निर्माण गरिएको निर्मात्री विनिता कर्णले बताएकी छिन ।

तल दिईएको लिंकमा क्लिक गरेर यो गित हेर्न सकिन्छ ।

सम्बन्धित खबरहरु